२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसईई परीक्षा जेठ १३ गतेदेखि सन्चालन हुने



अ+ अ-

 काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन हुने भएको छ ।  २०७७ सालको एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म सन्चालन हुने भएको हो ।  

गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारसँग आवश्यक सहकार्यमा एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो । आगामी एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ । 

कोभिड–१९ को महामारीका कारण गत वर्ष विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरी नतिजा प्रकाशित गरिएको थियो ।

मुलुक संघीयतामा गएपछि प्रदेश सरकारले एसईई परीक्षाको व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण कामको जिम्मा पाएका थिए । यद्यपि कानूनको अभावमा अझैसम्म पनि कक्षा १० को एसईई परीक्षा प्रदेशस्तरबाट सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि सरकारले स्पष्ट कानून बनाउन नसक्दा राष्ट्रिय स्तरमा सञ्चालन हुँदै आएको छ । 

संविधानले माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय सरकारलाई दिएको छ भने शिक्षा नीतिमा पनि कक्षा १० को परीक्षा प्रदेश मातहत राखिएको छ ।