५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

मिड–भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिटबिच समझदारी, चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने

मिड–भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिटबिच समझदारी, चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने
अ+ अ-

काठमाडौं । नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा, उदीयमान प्रविधि र नवप्रवर्तनसँग जोड्ने उद्देश्यका साथ मिड–भ्याली इन्टरनेसनल कलेज (एमभिआइसी) र वाइजएडमिटबिच रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त सहकार्यमार्फत चीनको प्रतिष्ठित नान्जिङ युनिभर्सिटी अफ एरोनटिक्स एन्ड एस्ट्रोनटिक्स (एनयूएए) सँग शैक्षिक तथा प्राविधिक सम्बन्ध विस्तार गरिने जनाइएको छ।

एरोनटिक्स, इन्जिनियरिङ, कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स, ड्रोन प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा चीनकै अग्रणी विश्वविद्यालयमध्ये एक मानिने एनयूएएसँगको सहकार्यले नेपाली विद्यार्थीलाई विश्वस्तरीय शैक्षिक अवसर उपलब्ध गराउने अपेक्षा गरिएको छ।

सम्झौताअनुसार एनयूएएका प्राध्यापक, अनुसन्धानकर्ता तथा शैक्षिक विज्ञहरूको टोली नेपाल आउनेछ। टोलीले एमभिआइसीमा एआई, रोबोटिक्स, ड्रोन प्रविधि, चिनियाँ भाषा, अन्तर्राष्ट्रिय व्यापार तथा नवप्रवर्तनसम्बन्धी विशेष शैक्षिक कार्यक्रम सञ्चालन गर्नेछ। यस पहलका लागि एमभिआइसी नेपालका लागि विशेष साझेदार संस्थाका रूपमा रहनेछ।

सहकार्यअन्तर्गत सञ्चालन हुने कार्यक्रमबाट विद्यार्थी, शिक्षक तथा युवा नवप्रवर्तकहरूले विश्व अर्थतन्त्रलाई रूपान्तरण गरिरहेका अत्याधुनिक प्रविधि र नवप्रवर्तनका क्षेत्रबारे प्रत्यक्ष जानकारी प्राप्त गर्नेछन्। साथै एआई, स्वचालन, स्मार्ट उत्पादन, ड्रोन प्रविधि, उद्यमशीलता तथा अन्तरदेशीय व्यापारका सम्भावनाबारे समेत जानकारी हासिल गर्न सक्नेछन्।

सम्झौताले नेपाली विद्यार्थीलाई चीनमा सञ्चालन हुने समर इमर्सन कार्यक्रम, इन्क्युबेसन कार्यक्रम तथा नवप्रवर्तनमा आधारित अध्ययन–अवलोकन कार्यक्रममा सहभागी हुने अवसरसमेत प्रदान गर्नेछ। यस्ता कार्यक्रममार्फत विद्यार्थीले चीनको तीव्र रूपमा विकसित हुँदै गएको अनुसन्धान वातावरण, नवप्रवर्तन प्रणाली र अन्तर्राष्ट्रिय शैक्षिक अभ्यासलाई नजिकबाट बुझ्न सक्ने विश्वास गरिएको छ।

सम्झौता हस्ताक्षर समारोहमा एमभिआइसीकी प्रबन्ध निर्देशक रितल राणाले उक्त सहकार्यले कलेजको अन्तर्राष्ट्रियकरण, नवप्रवर्तन, उद्यमशीलता तथा भविष्य–मुखी शिक्षाप्रतिको प्रतिबद्धता झल्काएको बताइन्। नेपाली विद्यार्थीलाई विश्वस्तरीय सिकाइ वातावरण र उदीयमान प्रविधिसँग जोड्नु समयको आवश्यकता रहेको उनको भनाइ थियो।

वाइजएडमिटका प्रमुख कार्यकारी अधिकृत डा. रुपेश रेग्मीले विश्व एआई, रोबोटिक्स तथा प्रविधिमा आधारित उद्योगतर्फ तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै नेपाली युवालाई यस्ता अवसरबाट लाभान्वित गराउन सहकार्य महत्वपूर्ण हुने बताए। उनले यस साझेदारीले नेपाल र चीनबीचको शैक्षिक तथा नवप्रवर्तनसम्बन्धी सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

एमभिआइसी, वाइजएडमिट र एनयूएएबीचको सहकार्यले नेपाल–चीन शैक्षिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय अनुभव, अत्याधुनिक प्रविधि र नवप्रवर्तन–केन्द्रित करियर अवसरसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।