• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

‘ए मेरो हजुर ४’ भाद्र १८ गतेबाट प्रदर्शन हुँदै



काठमाडौं । कोभिडको कारण थालिएको चलचित्र क्षेत्र चलायमान भएसँगै धमाधम चलचित्रको रिलिज मिति तय सार्वजनिक हुँदैछ । 

झरना थापाको निर्देशनमा तयार भएको चलचित्र 'ए मेरो हजुर ४' ले प्रदर्शनको मिति तय गरेको छ ।

उक्त चलचित्र भाद्र १८ गतेबाट नयाँ पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले रिलिज मिति सार्वजनिक गरेको हो ।

'ए मेरो हजुर ४' फिल्ममा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा रहेका छन् । यो चलचित्र दर्शकका लागि निकै प्रतिक्षित रहेको छ । 

अनमोल र सुहानाले एकसाथ काम गरेको यो दोश्रो चलचित्र हो । दर्शकले यी दुवै जनाको केमेष्ट्रीलाई निकै रुचाएका छन् ।