४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

हत्कडीसहित भागेका थुनुवालाई सहयोग गर्ने तीन जनाविरुद्ध मुद्दा दायर



अ+ अ-

काठमाडौं । जिल्ला अदालत काठमाडौं परिसरबाट भागेका थुनुवालाई सहयोग गरेको आरोपमा ३ जनाविरुद्ध अभियोग पत्र दायर भएको छ ।

१८ पुसमा अदालतबाट ३२ वर्षीय कमल खड्कालाई हत्कडीसहित भाग्न र लुक्न सहयोग गरेको आरोपमा प्रहरीले तीन जनाविरुद्ध मुद्दा लगाएको हो ।

खड्कालाई सहयोग गर्नेमा सिन्धुपाल्चोकका १८ वर्षीय पारस तामाङ, २५ वर्षीय मोहनबहादुर तामाङ र १९ वर्षीय रोनिस तामाङलाई रहेका छन् । उनीहरुले खड्काको हत्कडी खोल्न र लुकाउन सहयोग गरेका जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

डलर ठगी कसुरको अनुसन्धानका लागि अदालतमा म्याद लिन आउनेक्रममा उनी भागेका थिए । लामो समय जेल पर्न सक्ने डरले आफू भागेको खड्काले बयान दिएका छन् ।

मुलुकी अपराध संहिता अनुसार, थुनुवा भगाएको कसुरमा दुई वर्षसम्म कैद वा पाँच सय रुपैयाँसम्म जरिवाना हुनसक्छ। भाग्ने खड्काविरुद्ध पनि ठगी सम्बन्धी कसुरमा ५० हजार रुपैयाँ धरौटी माग गरिएको छ । उनी अहिले केन्द्रीय कारागार, सुन्धारामा छन् ।