९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ आमाबाबुसँगै सुत्नुको बच्चालाई हुने फाइदा, थाहा पाउनुहोस्



अ+ अ-

काठमाडौं। आमाबाबु र बच्चाको सम्बन्ध संसारकै अनमोल सम्बन्ध मानिन्छ । आमाबाबु बच्चासँगै सुत्दा यी दुईको सम्बन्ध अझ प्रगाढ हुन्छ । आमाबाबुसँग बच्चा सुत्दा बच्चालाई मात्र होइन, आमाबाबु दुवैलाई फाइदा हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । विभिन्न अध्ययनले बच्चासँगसँगै आमाबाबुलाई पनि फाइदा हुने देखाएको छ ।

के-के हुन्छ फाइदा ?

१) सुत्ने बेला आफूसँग आमाबाबु हुन्छन् भने बच्चाले आफूलाई निकै सुरक्षित महसुस गर्छन् । एक्लै सुत्दा बच्चाले असुरक्षित महसुस गर्ने गर्छन् । एक्लै सुत्दा बच्चा बीचमै उठ्ने भएकाले निद्रा पूरा गर्न पाउँदैनन् ।

२) समयमै सुत्ने गर्दा निद्रा पूरा मात्र हुँदैन, स्वास्थ्य पनि राम्रो हुन्छ । बच्चालाई स्वस्थ बनाइराख्न पनि समयमै आमाबाबुले बच्चासँग सुत्ने गर्नुपर्छ । 

३) एक अध्ययनअनुसार आफूसँग आमाबाबु सुतेमा बच्चाहरूले आत्मसम्मानको महसुस गर्छन् । जसले व्यावहारिक समस्या सुल्झिँदै जान्छ । आफ्ना साथीहरूको दबाबमा रहँदैनन्, आफैं खुसी र सन्तुष्ट हुन्छन् ।

४) यदि तपाई बच्चासँगै सुत्नुभयो भने दिनभरि कसरी बित्यो, के के गर्‍यौ, अघिल्लो दिनको प्लानिङ कस्तो छ भनेर सजिलै सोध्न सक्नु हुन्छ । यसो गर्दा बच्चाहरूले तपाईलाई आफ्नो मनको सबै कुरा निर्धक्क बताउने गर्छन् र आरामले निदाउने गर्छन् ।

५) आफ्नो बच्चासँग सुत्दा नर्सिङ पेसामा आबद्ध आमाहरूलाई धेरै फाइदा हुन्छ । उनले निकै आरामको महसुस गर्छिन् । आफ्नो विस्तारा छोडेर बारम्बार बच्चालाई हेर्न जानुपर्दैन । 

६) यदि बच्चाले सुत्ने बेला आमाबाबुसँग कथा भन्नुस् न भनेमा त्यो नराम्रो होइन, उनीहरूले सुत्न नचाहेको भन्ने बुझ्नु हुन्न । दिनभर आमाबाबु काम गर्दा थाकेका हुन्छन्, सँगै समय बिताउन नसक्ने भएकाले सँगै सुत्ने बेला उनीहरूले कथा भन्नुस् न भनेका हुन्छन् । यसो गर्दा बच्चा र आमाबाबु दुवै मज्जाले निदाउन सक्छन् 




भर्खरै