२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ विश्वकप: ‘सुपर सिक्स’ मा नेपालले भारत र बंगलादेशसँग खेल्ने



अ+ अ-

काठमाडौँ । जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा नेपालले आफ्नो प्रतिद्वन्द्वी पाएको छ । ‘सुपर सिक्स’ चरणमा नेपालले बंगलादेश र भारतसँग खेल्ने भएको हो ।

नेपालले आफ्नो पहिलो खेल बंगलादेशसँग खेल्ने भएको छ । नेपाल र बंगलादेशबिचको खेल ३१ जनावरीमा हुनेछ । यसैगरी, दोस्रो खेल २ फेब्ररीमा टेस्ट राष्ट्र भारतसँग खेल्नेछ ।

समूह चरणको खेलमा नेपाल तेस्रो हुँदै ‘सुपर सिक्स’ चरणमा प्रवेश गरेको थियो । समूह ‘डी’ मा तीनवटै खेल जितेको पाकिस्तान ६ अङ्कसहित पहिलो, दुई खेल जितेको न्युजिल्यान्ड चार अङ्कसहित दोस्रो र एक खेल जितेको नेपाल दुई अङ्कसहित तेस्रो भएको थियो ।

नेपाल समुहचरणमा न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो । नेपालले अन्तिम खेलमा अफगानिस्तानलाई रोमाञ्चक एक विकेटले हराउदै सुपर सिक्स मा पुगेको थियो । तीनवटै खेलमा पराजित भएको अफगानिस्तान भने समूह चरणबाटै बाहिरिएको थियो ।

दक्षिण अफ्रिकामा जारी विश्वकपमा सहभागी १६ टोलीलाई चारवटा समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहको शीर्ष तीन स्थानमा रहने टोलीले सुपर सिक्स को चरणमा पुग्ने प्रावधान छ । त्यसपछि समूह ए का टोलीले समूह डी तथा समूह बी र समूह सी को टोलीले एक अर्कासँग खेल्नेछन् । सुपर सिक्समा प्रत्येक टोलीले दुई–दुई खेल खेल्नेछन् र शिर्ष दुई–दुई टोलीले सेमिफाइनलमा खेल्नेछन् ।

प्रतियोगिताको सेमिफाइनलमा ‘सुपर सिक्स’ चरणको एउटा समूहमा पहिलो भएको टोलीले अर्को समूहमा दोस्रो भएको टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि सेमिफाइनल खेलमा विजयी हुने दुवै टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल फेब्रुअरी ११ मा खेलिने छ ।

‘सुपर सिक्स’ चरणको समूह ‘एक’ मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, बंगलादेश, नेपाल र आयरल्यान्ड रहेका छन् । समूह ‘दुई’ मा भने अस्ट्रेलिया, श्रीलंका, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, इङ्ल्यान्ड र जिम्बाबे रहेका छन् ।




भर्खरै