• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

बलिउड अभिनेता रणवीर कपुरलाई देखियो कोरोना पोजिटिभ



काठमाडौं । बलिउड अभिनेता रणवीर कपुरलाई कोरोना संक्रमण पुष्टि भएको छ । रणवीरलाई कोरोना संक्रमण भएको पुष्टि भएसँगै क्वारेन्टाइनमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

फिल्म ‘जुग जुग जियो’को सुटिङको समयमा उनमा कोरोना संक्रमण पुष्टी भएको थियो । रणवीरका फ्यानहरु उनको शिघ्र स्वस्थलाभको कामना गरिरहेका छन् । 

हाल रणवीर फिल्म ‘ब्रह्मास्त्र’को छायांकनको अन्तिम चरणमा छन् । फिल्ममा आलिया भट्ट, अमिताभ बच्चन, नागार्जुन अक्कीनेनी र मौनी रायको पनि अभिनय छ ।