२० मंसिर २०८२, शनिबार
,
Latest
निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपालले तराई मधेस क्षेत्रका सबै जिल्लामा प्रशिक्षण संचालन गर्ने



अ+ अ-

काठमाडौं । राप्रपा नेपालले तराई मधेस क्षेत्रमा पर्ने सबै जिल्लामा सघन रुपमा प्रशिक्षण संचालन गर्ने भएको छ ।

आगामी माघ २४ गते सुनसरीको इटहरीमा आयोजना हुने पुर्बान्चल क्षेत्र स्तरीय प्रशिक्षण लगत्तै तराई मधेस क्षेत्रमा प्रशिक्षण कार्यक्रम हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । उनका अनुसार माघ २५ गते सप्तरी र उदयपुर , २६ गते सिरहा र धनुषा ,२७ गते महोत्तरी र सर्लाही, २८ गते रौतहट र बारा तथा २९ गते पर्सामा प्रशिक्षण संचालन हुनेछ ।

मुलुकको अबस्था बदल्नको लागि ब्यबस्था परिबर्तन गर्न जरुरी भएको भन्दै जनआन्दोलनको तयारीमा जुटेको राप्रपा नेपालले प्रशिक्षणलाई आन्दोलनको पुर्ब तयारीको रुपमा अघि बढाईने जनाएको छ । स्रोतका अनुसार कार्यक्रममा पार्टीको संगठन सुदृढीकरण अभियान, भाबी कार्ययोजना र आन्दोलनको आबश्यकता बारे पार्टी अध्यक्ष कमल थापाले प्रशिक्षण दिने कार्यतालिका तय गरिएको छ ।