२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टनरसँग खटपट परिरहन्छ ? प्रेम सफल बनाउन यी कुराहरु अप्नाउनुहोस्



अ+ अ-

एजेन्सी । कुनैपनि व्यक्तिलाई आफू र आफ्नो ‘पार्टनर’को सम्बन्ध राम्रो र सुमधुर होस् भन्ने चाहना हुन्छ । तर, समयको व्यस्तताका कारण होस् या अन्य कुनै कारणले अधिकांश मानिसहरुको आफ्नो पार्टनरसँगको सम्बन्ध राम्रो हुँदैन । सुमधुर सम्बन्धको चाहना हुँदाहुँदै पनि किन उनिहरुको सम्बन्ध राम्रो हुँदैन ? कहाँ चुकेका हुन्छन् प्रेम जोडीहरु ? कसरी राम्रो र सुमधुर बनाउने :

१) विश्वासको सिर्जना गर्नुहोस् ।

२) आफूलाई माया गर्नुहोस् सुन्दर बन्नुहोस्, सम्बन्धमा पनि तपाईको ‘बेष्ट भर्सन’ देखाउनुहोस्।

३) रहस्यमय मान्छे बन्नुहोस् ताकी तपाईको बारेमा हरेक कुरा पार्टनरलाई थाहा नहोस् । किनकी तपाईले विगतमा भोगेका कुरा सुनेपछि झगडा पर्दा पार्टनरले त्यहि पोईन्टलाई समातेर तपाईप्रति अविश्वासको वातावरण पैदा गर्न सक्छ ।

४) राम्रो कामको लागि खुलेर समर्थन गर्नुहोस् । सपोर्ट गर्नुहोस् । म साथ छु भन्ने आभाष दिलाउनुहोस् ।

५) उसलाई कहिल्यै परिवर्तन गर्न नखोज्नुहोस् । किनकी हरेक मान्छेको आफ्नै प्रकृतिको आनीबानी र व्यवहार हुन्छ ।

६) जहिले आत्मविश्वासी बन्नुहोस्ः विशेषगरी पुरुषको अगाडी, उसले कहिले अर्को पाटर्नरको खोजि गर्ने छैन । हरेक कुरामा पर्फेक्सन दिनुहोस् ।

७) हाँस्न नरोकिनुहोस्, नडराउनुहोस् , बरु निर्धक्क बानी विकास गर्नुहोस् ।

८) प्रतिबन्ध नलगाउनुहोस्ः कहिलेकाहिँ साथिहरुसँग रमाउन दिनुहोस्, घुम्न दिनुहोस्, जहिले उसलाई फ्री समय र ठाउँ दिनुहोस  ऊ आफूलाई मन लाग्ने क्रियाकलाप गर्न सकोस् ।

९) अनावश्यक शंका नगर्नुहोस्  ।

१०) अनावश्यक किचकिच गर्ने, प्रश्न थोपर्ने, चियोचर्चो गर्ने, अरुको प्रशंसा गर्ने, शंकाको वातावरण बनाउने काम नगर्नुहोस्

११) अध्ययनशील बन्नुहोस्, नयाँ कुराबारे ज्ञान लिनुहोस्, विश्व दुनियाँबारे ‘अपडेट’ हुनुहोस् ।

१२)  झुटो बोल्ने, अजासु अति जान्ने सुन्ने बन्ने, गफ दिने, मान्छे उचाल्ने, कुरौटे बानी, कुरा काट्ने, अरुलाई उडाउने आनीबानी छ भने आजै त्याग्नुहोस्।

१३) सकारात्मक सोच राख्नुहोस्।