२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: आर्मीसँग कर्णाली एक सय ६४ रनले हार्यो



अ+ अ-

काठमाडौँ । जारी प्रधानमन्त्री कपमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई एक सय ६४ रनको अन्तरले हराएको छ । यो आर्मीको पाँचौँ जित हो भने कर्णाली प्रदेशको पाँचौँ हार हो ।

आर्मीले दुई सय ८० रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश २९ ओभरा एक सय १५ रन बनाउदै अलआउट भयो । कर्णालीका लागि हिमांशु शाहीले सर्वाधिक १९ रन बनाए । दिवान पुनले १८, बिपिन शाहीले १४, रविन्द्र शाही, निश्चल रावल र दीपेन्द्र रावतले १२/१२ रन बनाए । कर्णालीले अतिरिक्त रुपमा आठ रन पायो ।

आर्मीका कुशल मल्ल र बिवेक यादबले तीन–तीन विकेट लिए । सोमपाल कामीले दुई तथा साहब आलमले एक विकेट हात पारे ।

त्यसअघि कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर दुई सय ७९ रन बनाएके थियो ।

आर्मीलाई विशाल योगफल बनाउनको लागि कप्तान विनोद भण्डारी शतकीय ईनिङ खेले । १३२ बलको सामना गरेका विनोदले तीन छक्का र ६ चौका प्रहार गर्दै एक सय रन बनाए । उनले अन्तिम ओभरको अन्तिम बलमा शतक पुरा गरेका हुन्।

यस्तै, बसिर अहमदको उत्कृष्ट अर्धशतकीय पाली खेले । केवल दुई रनका कारण शतक पुरा गर्नबाट चुकेका बसिर ९२ बलमा एक छक्का र १२ चौका प्रहार गर्दै ९८ रनमा अविजित रहे ।

त्यसैगरी, भीम सार्कीले २५ रन बनाउदा कुशल मल्लले २१, सन्तोष कार्कीले ११, विवेक यादवले ६ र इमरान शेखले ५ रन थपे ।

कर्णालीको लागि दीपेन्द्र रावतले दुई तथा प्रकाश जैसी, दिनेश अधिकारी र दिवान पुनले एक–एक विकेट लिए ।