२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: आर्मीसँग कर्णाली एक सय ६४ रनले हार्यो



अ+ अ-

काठमाडौँ । जारी प्रधानमन्त्री कपमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई एक सय ६४ रनको अन्तरले हराएको छ । यो आर्मीको पाँचौँ जित हो भने कर्णाली प्रदेशको पाँचौँ हार हो ।

आर्मीले दुई सय ८० रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश २९ ओभरा एक सय १५ रन बनाउदै अलआउट भयो । कर्णालीका लागि हिमांशु शाहीले सर्वाधिक १९ रन बनाए । दिवान पुनले १८, बिपिन शाहीले १४, रविन्द्र शाही, निश्चल रावल र दीपेन्द्र रावतले १२/१२ रन बनाए । कर्णालीले अतिरिक्त रुपमा आठ रन पायो ।

आर्मीका कुशल मल्ल र बिवेक यादबले तीन–तीन विकेट लिए । सोमपाल कामीले दुई तथा साहब आलमले एक विकेट हात पारे ।

त्यसअघि कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर दुई सय ७९ रन बनाएके थियो ।

आर्मीलाई विशाल योगफल बनाउनको लागि कप्तान विनोद भण्डारी शतकीय ईनिङ खेले । १३२ बलको सामना गरेका विनोदले तीन छक्का र ६ चौका प्रहार गर्दै एक सय रन बनाए । उनले अन्तिम ओभरको अन्तिम बलमा शतक पुरा गरेका हुन्।

यस्तै, बसिर अहमदको उत्कृष्ट अर्धशतकीय पाली खेले । केवल दुई रनका कारण शतक पुरा गर्नबाट चुकेका बसिर ९२ बलमा एक छक्का र १२ चौका प्रहार गर्दै ९८ रनमा अविजित रहे ।

त्यसैगरी, भीम सार्कीले २५ रन बनाउदा कुशल मल्लले २१, सन्तोष कार्कीले ११, विवेक यादवले ६ र इमरान शेखले ५ रन थपे ।

कर्णालीको लागि दीपेन्द्र रावतले दुई तथा प्रकाश जैसी, दिनेश अधिकारी र दिवान पुनले एक–एक विकेट लिए ।