२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा पुत्र जयवीर सिंहको बिहेमा खादा-माला र उपहार निषेध



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पुत्र जयवीर सिंह देउवाको बिहेमा फूल माला, खादा र उपहार नल्याउन आग्रह गरिएको छ ।

जयवीरको बिहे माघ २१ गते बूढानीलकण्ठस्थित घरबाट पारिवारिक जमघटमा हुने देउवा निकट स्रोतले जनाएको छ । भोज भने फागुन २ गते सोमबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजना गरिएको छ । उक्त पार्टीमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसहित प्रतिष्ठित व्यक्तित्वहरूलाई निम्ता गरिएको बताईएको छ ।

जयवीरको बिहेको कार्डमा आर्मी अफिसर्स क्लबमा आयोजना हुने भोजमा साँझ साढे ६ बजेदेखि साढे ८ बजेसम्म उपस्थित हुन भनिएको छ । साथै, आमन्त्रितलाई फूल माला, खादा र उपहार नल्याउन अनुरोध गरिएको छ । त्यसअघि आफन्त र निकटस्थहरुलाई होटल सोल्टी पार्टी दिइने बताईएको छ ।

पूर्व प्रधानमन्त्री देउवा तथा आरजु राणाका पुत्र जयवीरको विवाह सञ्जीव भक्त श्रेष्ठ र प्रतिभा श्रेष्ठको छोरी शिवाना श्रेष्ठसँग हुन लागेको हो ।जयवीर र शिवानाले गत जेठ १ गते दुई परिवार र केही साथीहरू उपस्थितमा इन्गेजमेन्ट गरेका थिए ।

जयवीरसिंह डडेल्धुराबाट कांग्रेस क्रियाशील सदस्य हुन् । यद्यपी, उनी राजनीतिमा सक्रिय छैनन् । गायिकासमेत रहेकी शिवानाले भने ब्युटी-प्रडक्टको व्यवसाय गर्छिन् ।