• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय सम्मेलन आजदेखि



फाईल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय सम्मेलन आजदेखि शुरु हुँदैछ ।

राष्ट्रिय सम्मेलनमा पार्टीको राष्ट्रिय महाधिवेशनमा प्रश्तुत गर्ने दस्ताबेज मस्यौदा सम्बन्धमा छलफल हुने पार्टीले जनाएको छ । सम्मेलन आज बिहान साढे ११ बजे प्रज्ञा भवन कमलादीमा हुनेछ ।

काठमाडौंमा दुई दिन चल्ने उक्त सम्मेलन पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्ययोजनामा केन्द्रित रहने तथा पार्टी सुदृढीकरणका लागि देशभर आधारभुत तहसम्म सङ्गठन स्थापित गर्न कार्ययोजना बनाइने बताइएको छ ।