काठमाडौं । काठमाडौं भ्युटावर निर्माण गरिरहेको ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटवाललाई पक्राउ गरेर बैंकिङ कसूरमा विशेष अदालतमा पेश गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।
भेटवाललाई प्रभु बैंक, एनआईसी एसिया बैंक र तत्कालिन एपेक्स बैंकले यसअघि नै कालोसूचीमा राखेको छ ।
जलेश्वर स्वच्छन्द विकोइ विल्डर्सका सञ्चालक भेटवालले गतवर्ष खुल्लामञ्च कब्जा गरेका थिए । विशेष अदालतमा भेटवालसहित पेश गरिएका अन्य व्यक्तिहरूको विवरण आउन बाँकी छ ।











