• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

एक रन जोडेर आउट भए गुलशन, नेपाललाई दोस्रो झट्का



काठमाडौँ । आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपालसामु जितका लागि १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

उक्त लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको नेपालले दुई विकेट गुमाएको छ । ओपनर अर्जुन कुमाल १४ बलमा १० रन जोडेर पेभिलियन फर्किएका छन् भने गुलशन झा १२ बलमा १ रन जोडेर आउट भएका छन् ।

हाल क्रिजमा विपिन रावल र देव खनाल छन् । ताजा अवस्थामा नेपालले ८ ओभरमा २ विकेटको क्षतिमा २४ रन जोडेको छ ।