• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

काँग्रेसभित्र मैले पाइनँ भन्ने भाष्य तयार भएको छ: धनराज गुरुङ



file photo

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले काँग्रेसभित्र राजनीति पाउनका लागि गरेको हो भन्ने भाष्य सिर्जना भएको बताउनुभएको छ ।

शुक्रवार पार्टी स्थापनाको ७८ औं वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेसभित्र अहिले मैले के पाएँ ? भन्ने भाष्य तयार भएको बताउनु भयो । उहाँले काँग्रेसमा विगतमा गरिएको नि:स्वार्थ राजनीतिबारे अहिले बुझाउन जरुरी रहेको बताउनु भयो । उहाँले काँग्रेसको गौरवमय इतिहासलाई गौरवको स्थानमा राख्नुपनैृ बताउनु भयो । उहाँले विगतका गौरवलाई स्मरण गर्नै मात्र नभइ गौरवमय इतिहास कोर्नेतर्फ पनि अग्रसर हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज मैले पाइनँ, मैले पाइनँ, मैले के पाएँ ? भन्ने धेरै भाष्य तयार भएको छ काँग्रेसभित्र तर हिजो के पाउनका लागि होइन, के दिनका लागि हामी लडिरहेका थियौँ । हाम्रा अग्रज केका लागि लडिरहेका थिए ? यो कुरा स्मरण गर्न आवश्यक छ । गौरवमय इतिहासलाई गौरवका लागि गौरवको स्थानमा राख्दै वर्तमानमा त्यो गौरवलाई स्मरण गर्ने मात्रै होइन । त्यस्तै गौरवमय इतिहास बनाउनेतर्फ हामीले लाग्नुपर्छ ।’

उपसभापति गुरुङले भविष्यको लागि अहिले गौरवमय इतिहास निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।