६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसभित्र मैले पाइनँ भन्ने भाष्य तयार भएको छ: धनराज गुरुङ



file photo
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले काँग्रेसभित्र राजनीति पाउनका लागि गरेको हो भन्ने भाष्य सिर्जना भएको बताउनुभएको छ ।

शुक्रवार पार्टी स्थापनाको ७८ औं वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेसभित्र अहिले मैले के पाएँ ? भन्ने भाष्य तयार भएको बताउनु भयो । उहाँले काँग्रेसमा विगतमा गरिएको नि:स्वार्थ राजनीतिबारे अहिले बुझाउन जरुरी रहेको बताउनु भयो । उहाँले काँग्रेसको गौरवमय इतिहासलाई गौरवको स्थानमा राख्नुपनैृ बताउनु भयो । उहाँले विगतका गौरवलाई स्मरण गर्नै मात्र नभइ गौरवमय इतिहास कोर्नेतर्फ पनि अग्रसर हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज मैले पाइनँ, मैले पाइनँ, मैले के पाएँ ? भन्ने धेरै भाष्य तयार भएको छ काँग्रेसभित्र तर हिजो के पाउनका लागि होइन, के दिनका लागि हामी लडिरहेका थियौँ । हाम्रा अग्रज केका लागि लडिरहेका थिए ? यो कुरा स्मरण गर्न आवश्यक छ । गौरवमय इतिहासलाई गौरवका लागि गौरवको स्थानमा राख्दै वर्तमानमा त्यो गौरवलाई स्मरण गर्ने मात्रै होइन । त्यस्तै गौरवमय इतिहास बनाउनेतर्फ हामीले लाग्नुपर्छ ।’

उपसभापति गुरुङले भविष्यको लागि अहिले गौरवमय इतिहास निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।