४ आश्विन २०८१, शुक्रबार
,
Latest
प्यालेस्टिनबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघबाट पारित, नेपाल तटस्थ बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा चौथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान सुनसान ‘रिहार’ धाम उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो देशभर मनसुनी वायुको प्रभाव कायम प्रधानमन्त्री ओली आज अमेरिका जाँदै, १० गते महासभालाई सम्बोधन बार्सिलोना मोनाकोसँग पराजित, आर्सनल र एटलान्टाको बराबरी
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘न्याय’ सार्वजनिक



अ+ अ-

काठमाडौँ । न्याय क्षेत्रका लागि सबैलाई उपयोगी हुने हुने पुस्तक ‘न्याय’ सार्वजनिक भएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन सर्वोच्च अदालत विभागीय कार्य समितिद्वारा प्रकाशित पुस्तक ‘न्याय’ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लोकार्पण गर्नुभयो । उहाँले कानुन र न्यायको क्षेत्रमा काम गर्ने सबैका लागि पुस्तक महत्वपूर्ण भएको भन्दै यसले पुस्तक अध्ययन गर्ने बानीको विकासमा पनि मद्दत पुग्ने बताउनुभयो ।

नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय अध्यक्ष लेखनाथ काइरालाले न्याय र कानुनका क्षेत्रमा लामो अनुभव र विज्ञता हासिल गरेका लेख भएकाले यो पुस्तक महत्वपूर्ण भएको बताउनुभयो । उहाँले अहिलेसम्म सरकारले निजामती ऐन ल्याउन नसक्दा धेरै कर्मचारी प्रभावित भएको बताउनुभयो ।

सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गाना वैदिक तथा एतिहासिक काम भएको र न्याय प्रणालीका सबै अवयव समेटिनु महत्वपूर्ण भएको बताउनुभयो । उहाँले कानुन अध्ययन गर्नेका लागि यो पुस्तक अत्यन्तै उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले न्याय पुस्तक प्रकाशन गर्ने काम धेरै मेहनतले लेखिएको, अनुभव भएको र सबै न्याय क्षेत्रका व्यक्तिका लागि काम लाग्ने बताउनुभयो । उहाँका अनुसार पुस्तक जिल्ला न्यायाधीश, सहसचिव, उपसचिव शाखा अधिकृत र अधिवक्ताको परीक्षाको पाठ्यक्रममा आधारित छ ।

सर्वोच्च अदालतका आठ, उच्च अदालतका १७, जिल्ला अदालतका ३२, न्यायाधीश राजपत्राङ्कित विशिष्ट श्रेणीका चार, सहसचिव, उपसचिव, वरिष्ठ अधिवक्ता तथा अधिवक्तासहितका विज्ञका एक सय तीन लेख एकीकृत गरिएको उक्त सङ्ग्रह १५९६ पेजको रहेको छ ।

सहन्यायाधिवक्ता गोविन्द खनालका अनुसार न्याय पुस्तकले ८७ लेखेका १०३ लेख रहेका छन् । लेख ४० औँ वर्ष न्याय क्षेत्रमा काम गरेका अनुभवी व्यक्तिले लेखेका उहाँले जानकारी दिनुभयो । न्याय सेवाप्रति आशा भरोसा राख्ने, न्याय सेवाप्रति चासो राख्ने, न्याय सेवालाई नै जीवनपद्धति बनाउँदै यसमा भविष्य खोज्ने न्यायिक जनशक्ति निर्माणका लागि पुस्तक उपयोगी हुने आयोजकको भनाइ थियो । रासस