१८ भाद्र २०८३, बिहीबार
,
Latest
दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘न्याय’ सार्वजनिक



अ+ अ-

काठमाडौँ । न्याय क्षेत्रका लागि सबैलाई उपयोगी हुने हुने पुस्तक ‘न्याय’ सार्वजनिक भएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन सर्वोच्च अदालत विभागीय कार्य समितिद्वारा प्रकाशित पुस्तक ‘न्याय’ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लोकार्पण गर्नुभयो । उहाँले कानुन र न्यायको क्षेत्रमा काम गर्ने सबैका लागि पुस्तक महत्वपूर्ण भएको भन्दै यसले पुस्तक अध्ययन गर्ने बानीको विकासमा पनि मद्दत पुग्ने बताउनुभयो ।

नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय अध्यक्ष लेखनाथ काइरालाले न्याय र कानुनका क्षेत्रमा लामो अनुभव र विज्ञता हासिल गरेका लेख भएकाले यो पुस्तक महत्वपूर्ण भएको बताउनुभयो । उहाँले अहिलेसम्म सरकारले निजामती ऐन ल्याउन नसक्दा धेरै कर्मचारी प्रभावित भएको बताउनुभयो ।

सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गाना वैदिक तथा एतिहासिक काम भएको र न्याय प्रणालीका सबै अवयव समेटिनु महत्वपूर्ण भएको बताउनुभयो । उहाँले कानुन अध्ययन गर्नेका लागि यो पुस्तक अत्यन्तै उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले न्याय पुस्तक प्रकाशन गर्ने काम धेरै मेहनतले लेखिएको, अनुभव भएको र सबै न्याय क्षेत्रका व्यक्तिका लागि काम लाग्ने बताउनुभयो । उहाँका अनुसार पुस्तक जिल्ला न्यायाधीश, सहसचिव, उपसचिव शाखा अधिकृत र अधिवक्ताको परीक्षाको पाठ्यक्रममा आधारित छ ।

सर्वोच्च अदालतका आठ, उच्च अदालतका १७, जिल्ला अदालतका ३२, न्यायाधीश राजपत्राङ्कित विशिष्ट श्रेणीका चार, सहसचिव, उपसचिव, वरिष्ठ अधिवक्ता तथा अधिवक्तासहितका विज्ञका एक सय तीन लेख एकीकृत गरिएको उक्त सङ्ग्रह १५९६ पेजको रहेको छ ।

सहन्यायाधिवक्ता गोविन्द खनालका अनुसार न्याय पुस्तकले ८७ लेखेका १०३ लेख रहेका छन् । लेख ४० औँ वर्ष न्याय क्षेत्रमा काम गरेका अनुभवी व्यक्तिले लेखेका उहाँले जानकारी दिनुभयो । न्याय सेवाप्रति आशा भरोसा राख्ने, न्याय सेवाप्रति चासो राख्ने, न्याय सेवालाई नै जीवनपद्धति बनाउँदै यसमा भविष्य खोज्ने न्यायिक जनशक्ति निर्माणका लागि पुस्तक उपयोगी हुने आयोजकको भनाइ थियो । रासस