• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

विश्व नम्बर एक जोकोभिच अस्ट्रेलियन ओपनबाट बाहिरिए



एजेन्सी । विश्व नम्बर १ पुरुष टेनिस खेलाडी सर्बियाका नोभाक जोकोभिच शुक्रबार अस्ट्रेलियन ओपन २०२४ बाट बाहिरिएका छन् । उनी पुरुष सिंगल्सको सेमिफाइनलमा चौथो वरियताका इटालीका यानिक सिन्नरसँग पराजित भएका हुन् ।

३ घण्टा २२ मिनेटसम्म चलेको खेलमा इटालियन खेलाडीले डिफेन्डिङ च्याम्पियन जोकोभिचलाई ६–१, ६–२, ६–७, ६–३ को सेटमा हराए । योसँगै सिन्नरले अष्ट्रेलियन ओपनमा जोकोभिचको लगातार ३३ खेल जित्ने क्रम सेमिफाइनलमा समाप्त पारिदिए ।

यो ग्रान्डस्लाममा १०३ खेलमा जोकोभिचको यो मात्र ९ औं हार हो । उनले १०३ अस्ट्रेलियन ओपन खेल खेलेका छन्, जसमध्ये ९४ खेल जितेका छन् र ९ खेल मात्र हारेका छन्। यहाँ उनको विजयी प्रतिशत ९१ प्रतिशत छ ।

सर्बियाका जोकोभिचले सबैभन्दा बढी पुरुष एकल अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् (१०)। यदि एमेच्योर युगलाई पनि गणना गर्ने हो भने अष्ट्रेलियाका रोय इमर्सन जोकोभिचपछि धेरै उपाधि (६) हात पारेका छन् ।

टेनिसमा खुला युग १९६८ मा सुरु भयो जब सबै खेलाडीहरू (एमेच्योर र व्यावसायिक) सबै चार ग्रान्ड स्लामहरूमा भाग लिन अनुमति दिइयो । यसलाई खुला युग भनिन्छ ।