२ श्रावण २०८३, शनिबार
,
Latest
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेता प्रदीप खड्काको आज जन्म दिन, कति वर्ष पुगे ?



अ+ अ-

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता प्रदीप खड्काको आज (बुधबार) जन्मदिन परेको छ । 

निर्देशक सुदर्शन थापा र निर्माता सन्तोष सेनको फिल्म प्रेमगीतबाट चर्चामा आएका उनको फिल्म लिलिबिली, रोज, लभ स्टेशन पनि दर्शकले निकै रुचाएका थिए । पछिल्लो समय उनी नेपाली फिल्मका महंगा अभिनेतामा पनि गनिन्छन् ।

उनी आजबाट २९ वर्षमा प्रवेश गरेका छन् । ललितपुरको कुसुन्तीमा सन् १९९२ मार्च १० मा जन्मिएका उनी पछिल्लो समयमा चलचित्रमा जमेका अभिनेता हुन् ।

सन् २०१७ मा मार्केटिङमा मास्टर्स गरेका प्रदीपलाई नेपाली चलचित्र क्षेत्रमा धेरै पढ्ने अभिनेताकोरुपमा पनि चिनिन्छ ।

अब उनको फिल्म प्रेमगीत ३ प्रदर्शनमा आउँदैछ । उनी अब छिट्टै नै फिल्म प्रकाशनमा व्यस्त हुँदैछन् ।