२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: कर्णालीले पुलिसलाई दियो १७२ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता कर्णाली प्रदेशले नेपाल पुलिस क्लबलाई १७२ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णाली ४२.५ ओभरमा १७१ रन बनाउदै अलआउट भयो ।

कर्णालीका लागि ओपनर निश्चल रावलले सर्वाधिक ५० रन बनाए । रबिन्द्र शाहीले ३५ बलमा ८ चौका र १ छक्का सहित ४० रन बनाउदा दिवन पुनले २०, हिमांशु शाहीले ८, प्रकाश जैशीले ५ र बिपिन शाहीले ४ रन थपे ।

पुलिसका लागि सागर ढकालले ३ विकेट लिए । यस्तै ललित भण्डारीले २ विकेट लिदा दिपेन्द्र सिंह ऐरि, ललित राजबंशी र कुशल भुर्तेलले समान १(१ विकेट लिए ।

नेपाल पुलिस क्लब ५ खेलमा अपराजित रहदै १० अंकसहित तालिकाको शीर्ष स्थानमा छ । कर्णाली भने ६ खेलमा ३ जित र ३ हारसहित६ अंक बटुलेर सातौँ स्थानमा छ ।