७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शोक प्रस्ताव पारित गर्दै संसद बैठक सम्पन्न, अर्को बैठक चैत ३ गते



अ+ अ-

काठमाडौ ।  प्रतिनिधि सभाको बैठक २०७७ चैत्र ३ गते मंगलबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।  आजको बैठकमा   बहालवाला  र पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित गरि सकिएको छ । दिवंगत सांसदको आत्माको चिरशान्तिको कामना गर्दै बैठकमा एक मिनेट मौन धारणसमेत गरिएको थियो । बैठकले प्रतिनिधिसभा सदस्य सानु शिवा र सूर्यबहादुर केसी तथा पूर्व सांसद दीपकबहादुर गुरुङ, डा राममान श्रेष्ठ, मानपुर चौधरी, वीरबहादुर लामा, ॐकारप्रसाद गौचन, इन्द्रहाङ लिम्बू, भीमप्रसाद गौतम, कमानसिंह लामा, गङ्गादत्त जोशी, एकनाथ रानाभाट, कुबेरप्रसाद शर्मा र डा शङ्करप्रसाद उप्रेतीको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो ।

पूर्व निर्धारित कार्यसूचि परिबर्तन गरी शोक प्रस्ताब मात्र पेश हुने भएपछि संसद भबन पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओली केही समय बसेर बाहिरिनु भएको थियो ।