२१ असार २०८३, आईतवार
,
Latest
सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनले एकै वर्ष ५९ वटा विदेशी उपग्रह प्रक्षेपण गर्यो



अ+ अ-

बेइजिङः चीनले अन्तरिक्ष सहयोगका क्षेत्रमा हरेक वर्ष नयाँ फड्को मारिरहेको छ । सन् २०२० मा चीनले ५९ मुलुकका व्यावसायिक उपग्रहको प्रक्षेपण गरिदिएको छ, र यसका लागि चीनले ५१ वटा रकेट प्रक्षेपण गरेको थियो ।

जनवरी र नोभेम्बरमा चीनको लङ मार्चले अर्जेन्टिनाका १२ वटा व्यावसायिक रिमोट सेन्सिङ भूउपग्रह प्रक्षेपण गरेको थियो । चीनको ग्रेटवाल इन्डस्ट्री कोअपरेसनबाट ९० वटा उपग्रह प्रक्षेपण गर्न अर्जेन्टिनाको स्याटेलोजिकले समझदारी गरेको छ ।

डिसेम्बरमा इथियोपियाले चीनकै सहयोगमा एउटा भूउपग्रह प्रक्षेपण गरेको थियो । यो प्रक्षेपण चीनको हैनान प्रान्तस्थित वेन्चाङ स्पेसक्राफ्ट लन्च साइटबाट गरिएको थियो । यो उपग्रहको प्रारम्भिक डिजाइन इथियोपियामा गरिएको थियो भने इथियोपियाली–चिनियाँ इन्जिनियरिङ टोलीले प्राविधिक र विस्तृत डिजाइन गरेको थियो ।

अफ्रिकाका लागि सेटेलाइट टिभी

सन् २०१५ मा दक्षिण अफ्रिकाको जोहानेसबर्गमा सम्पन्न चीन–अफ्रिका सहयोग शिखर बैठकमा चीन सरकारले १० हजार अफ्रिकी गाउँहरुमा सेटेलाइट टिभीको पहुँच उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको थियो ।

चीनको अन्तरिक्ष निकायका अनुसार १९ वटा अफ्रिकी मुलुकले सन् २०२० मा परियोजना सम्पन्न गरिसकेका छन् । यसबाट करिब ८ हजार १६२ गाउँमा सुविधा पुगिसकेको छ । परियोजना मातहत केन्या, दक्षिण अफ्रिका, घाना, उगान्डा, कंगो समेतका मुलुकमा प्राथमिक र निम्न माध्यमिक तहका विद्यार्थीका लागि शैक्षिक भिडियो उत्पादन गर्ने गरी अर्को परियोजना पनि चालू छ ।

चिनियाँ अन्तरिक्ष विज्ञानको प्रतिवेदन अनुसार सन् २०२० सम्ममा चिनियाँ अन्तरिक्ष भूउपग्रहले ३० भन्दा बढी मुलुकमा विपद् सहायतामा मद्दत गरेका छन् । XINHUA-RSS




भर्खरै