१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन

सुरक्षा परिषद्को संबैधानिक कानूनी र व्यवहारिकरुपमा सही प्रयोग भईरहेको प्रधानमन्त्री ओलीको दाबी

सुरक्षा परिषद्को संबैधानिक कानूनी र व्यवहारिकरुपमा सही प्रयोग भईरहेको प्रधानमन्त्री ओलीको दाबी
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संकिर्ण स्वार्थका लागि समय समयमा नेपाली सेनालाई अनावश्यक ढंगले विवादमा तान्ने गरिएको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको वार्षिकोत्सवको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सेनालाई विवादमा तान्नका लागि हुने गरेका प्रयासहरुप्रति सजग र सर्तक रहन पनि सबैलाई आग्रह गर्नुभयो ।

कानून उलंघन भए सम्बन्धित निकायले हेर्ने भएकाले वादप्रतिवादमा नउत्रने संस्थालाई वादविवादमा तान्ने खालमा काम गर्नु उचित नहुने तर्क उहाँले गर्नुभयो । उहाँले भन्नुभयो “आफ्ना संकिर्ण स्वार्थका लागि नेपाली सेनालाई अनावश्यक ढंगले विवादमा तान्न खोज्ने, अपमान वा प्रोभोग गर्न खोज्ने लगायत विभिन्न खालमा प्रवृत्तिहरु देखिन्छन् र नेपाली सेनालाई घिसारेर विवादमा ल्याउन खोज्ने । नेपाली सेनाका सदासयतापुर्ण र राम्रा कृयाकलापमा पनि जस नदिने,श्रेय नदिने बरु कसरी त्यसको आलोचना गर्न सकिन्छ, विरोध कसरी गर्न सकिन्छ भनेर ठाउँ खोज्ने र अनुत्तरदायी ढंगले हिलो छ्याप्ने खालका कुराहरु उचाल्ने । त्यस्तो कुराहरु गर्नहुदैन ।

नेपाली जनताको चेतनालाई समय समयमा अलमल्याउन खोज्ने, भ्रममा हाल्न खोज्ने प्रयास पनि हुने गरेका छन् । हामी त्यस्ता प्रयासहरुसंग सर्तक हुनुपर्छ । ”उहाँले सुरक्षा परिषद्को संबैधानिक कानूनी र व्यवहारिक रुपमा सही प्रयोग भईरहेको दाबी गर्नुभयो । विशेष गरी प्रतिरक्षा र राष्ट्रिय सुरक्षाको मामिलामा नेपाली सेनाको परिचालन एवं प्रयोग सही ढंगले गर्ने सवालमा परिषद्ले महत्वपुर्ण भूमिका निर्वाह गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो “सुरक्षा परिषद्को संबैधानिक कानूनी र व्यवहारिक रुपमा सही प्रयोग भएको छ । र यसले आफुलाई नीति निर्माणको तहमा र कार्यक्षेत्रमा खास गरि प्रतिरक्षा र राष्ट्रिय सुरक्षाको मामिलामा नेपाली सेना र सेनाको परिचालन एवं प्रयोग कसरी उपयुक्त ढंगले हुन सक्छ भन्ने नीतिहरु र अभ्यासका अनुभवहरुले हामीलाई परिमार्जित स्थितिमा पुराएको छ । र हामी अहिले अन्यौलको स्थितिमा होइन बहुतै स्पष्टताको स्थितिमा छौ । विगतको अनुभवहरुलाई लिएर हामी अझ स्पष्टताका साथ अगाडि बढ्न जरुरी छ । ”

तुलनात्मक रुपमा विश्वमा शान्तिको स्थिति भएपनि ठूलो सानो सबै राष्ट्रले अनुचित ढंगले प्रभाव विस्तारको मुद्दालाई अघि सारेको भन्दै उहाँले आफ्नो राष्ट्रिय हितको रक्षा गरिरहँदा अरुको राष्ट्रिय हितको कहीँ कतै उल्ंघन हुन्छ कि भन्ने कुरामा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “प्रतिरक्षा र सुरक्षाको विषय र सैन्य परिचालन सम्बन्धी प्रश्नहरुलाई मुलतः राष्ट्रहरुले दुई हिसाबले सोचेको पाईन्छ । प्रभाव विस्तार र सम्प्रभुताको रक्षा । हामी प्रभाव विस्तारको पक्षमा होइन हामी न्योचित सम्प्रभुताको रक्षा र शान्ति सुरक्षाको पक्षमा छौ । ठूलो होस् वा सानो सबैले आफ्नो अनुचित ढंगले प्रभाव विस्तारमा होइन न्यायोचित हकको रक्षामा सैन्य शक्तिको प्रयोग गर्नुपर्दछ भन्ने हामी ठान्दछौ । कहीँ पनि अन्यथा ढंगले प्रयोग गरिनु उचित हुदै होइन ।

कुनै पनि राष्ट्रले आफ्नो न्यायोचित हितको रक्षा र सम्बद्र्धनमा केन्द्रीतन गर्नुपर्छ । आफ्नो राष्ट्रिय हितको रक्षा गरिरहदा अरुको राष्ट्रिय हितको कहीँ कतै उल्ंघन हुन्छ कि भन्ने कुरामा हरेक राष्ट्र सजग सचेत हुनुपर्छ । यसअर्थमा हामी ग्लोबली र सर्वकालिक ढंगले सही सिद्धान्त, नीति र व्यवहारमा छौ ।  ”

नेपाल सरकार सधै शक्तिको आडमा नभई सत्यको आडमा न्यायका कुरा स्थापित गर्न चाहने भएकाले सोही अनुसार प्रतिरक्षा र सुरक्षा लगायत नीति तय गरिएको उहाँले स्पष्ट पार्नुभयो । राष्ट्रिय र प्राकृतिक विपतको समयमा नेपाली सेनाले नै अग्र भागमा बसेर काम गर्ने गरेको उल्लेख गर्दे उहाँले स्ुरक्षा,सेवा र निर्माण सम्बन्धी कामलाई समुचित र व्यवस्थित ढंगले अघि लैजाने कुराको व्यवस्थापन सुरक्षा परिषद्ले गर्ने बताउनुभयो । नेपाली सेनाको राष्ट्र निर्माण, सुरक्षा र प्रतिरक्षामा महत्वपुर्ण योगदान र गौरवपुर्ण इतिहास रहेको तथा अन्तराष्ट्रिय क्षेत्रमा पनि ख्याति कमाएको भन्दै उहाँले नेपाली सेनाको प्रसंम्सा गर्नुभयो ।

प्रधानमन्त्री ओलीले हिंसाको बाटोमा लागेकालाई शान्तिपुर्ण राजनीतिको मुलधारमा फर्काएकाले आन्तरिक हिंसा टुंगिएको र विखण्डनवादको पनि अन्त्य भएकाले नेपाल राष्ट्रिय एकताको शान्तिपुर्ण र नयाँ युगको उचाईमा प्रवेश गरेको बताउनुभयो । उहाँले सम्मृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय उद्देश्य र गन्तव्य प्राप्त गर्न सबै व्यवधानहरु ह्टेकाले अब नेपाल सजिलै सम्मृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।