२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीमा एमालेबाट राजनीतिक बेईमान भयो: राप्रपा प्रवक्ता श्रेष्ठ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशी प्रदेशमा एमालेले राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुखमोहन कुमार श्रेष्ठले गठबन्धन गरेको दलको उम्मेदवारलाई भोट नदिएर एमालेले कोशी प्रदेशमा राजनीतिक बेइमानी गरेको आरोप लगाउनु भयो ।

श्रेष्ठले न्यूजपोलारसंग भन्नुभयो ‘हाम्रोतर्फबाट सहमति मुताबिक सबै भोट एमालेको उम्मेदवारलाई गयो । तर, एमालेका मतदाताले सहमति तोडेर आफ्ना दुवै उम्मेदवारलाई भोट हाले । १४८ मतभार सीधै हामीलाई घाटा भयो। ’ श्रेष्ठले भन्नुभयो उ’म्मेदबार नै नभएको चिन्हमा मतदान गर्ने कस्ता जलप्रतिनिधि बनाएको रहेछ एमालेले, यो त सस्कार बिहिन राजनीति भयो ।’

बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा कोसी प्रदेशबाट सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका कृष्णप्रसाद सिटौलाल राप्रपा एमाले गठबन्धनका उद्धब पौडेललाई पराजित गर्नुभएको थियो भने एमालेकी रूक्मिणी कोइराला सत्तारुढ गठबन्धनकी चम्पा कार्कीलाई हराउदै विजयी हुनुभएको थियो ।




भर्खरै