२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीमा एमालेबाट राजनीतिक बेईमान भयो: राप्रपा प्रवक्ता श्रेष्ठ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशी प्रदेशमा एमालेले राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुखमोहन कुमार श्रेष्ठले गठबन्धन गरेको दलको उम्मेदवारलाई भोट नदिएर एमालेले कोशी प्रदेशमा राजनीतिक बेइमानी गरेको आरोप लगाउनु भयो ।

श्रेष्ठले न्यूजपोलारसंग भन्नुभयो ‘हाम्रोतर्फबाट सहमति मुताबिक सबै भोट एमालेको उम्मेदवारलाई गयो । तर, एमालेका मतदाताले सहमति तोडेर आफ्ना दुवै उम्मेदवारलाई भोट हाले । १४८ मतभार सीधै हामीलाई घाटा भयो। ’ श्रेष्ठले भन्नुभयो उ’म्मेदबार नै नभएको चिन्हमा मतदान गर्ने कस्ता जलप्रतिनिधि बनाएको रहेछ एमालेले, यो त सस्कार बिहिन राजनीति भयो ।’

बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा कोसी प्रदेशबाट सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका कृष्णप्रसाद सिटौलाल राप्रपा एमाले गठबन्धनका उद्धब पौडेललाई पराजित गर्नुभएको थियो भने एमालेकी रूक्मिणी कोइराला सत्तारुढ गठबन्धनकी चम्पा कार्कीलाई हराउदै विजयी हुनुभएको थियो ।