२७ जेष्ठ २०८३, बुधबार
,
Latest
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी



अ+ अ-

मकवानपुर । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ ।

आज सम्पन्न मतगणनामा महिला समूहबाट सत्तागठबन्धनका उम्मेदवार कांग्रेसकी विष्णुकुमारी पुडासैनी विजयी हुनुभयो । उहाँले छ हजार छ सय २२ मतभारत प्राप्त गर्दा नेकपा (एमाले)की उम्मेदवार रोचकुमारी चौलागाईंले दुई हजार पाँच सय ५२ मतभार प्राप्त गर्नुभयो ।

यसैगरी, दलिततर्फ नेकपा (एकीकृत समाजवादी)का धनश्याम रिजाल विश्वकर्मा विजयी हुनुभयो । उहाँले छ हजार पाँच सय १२ मतभारत प्राप्त गर्दा नेकपा (एमाले)का ध्रुवराज विश्वकर्माले तीन हजार ५३ मतभारत प्राप्त गर्नुभयो ।

यसैगरी, अन्यतर्फ कांग्रेसका जितजङ्ग बस्नेतले छ हजार पाँच सय ३१ मतभारत प्राप्त गरी विजयी हुँदा गर्दा नेकपा (एमाले)का त्रिलोचन निर्मल पौडेलले दुई हजार तीन सय ५९ मतभार प्राप्त गर्नुभयो । साथै अपाङ्गतातर्फ नेकपा (माओवादी केन्द्र०का श्रीकृष्ण अधिकारीले छ हजार चार सय ३६ मतभार प्राप्त गर्दा नेकपा (एमाले)का विवेक देवकोटाले दुई हजार सात सय ३४ मतभार प्राप्त गर्नुभयो ।

मतदान प्रक्रियामा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी तीन सय ४२ जनाले सहभागिता जनाउनुभयो । तीन सय ४७ जना मतदाता रहेको बागमतीमा प्रदेशसभाका दुई र स्थानीय तहका तीनजना गरी पाँचजना प्रतिनिधिले भने सहभागिता जनाउनुभएन । रासस