• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   हाम्रो शरीरले कति गर्मी सहन सक्छ ? ★   ‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ ★   कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति ★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना ★   किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण ★   सन्दीपको भिसा प्रक्रियाका लागि क्यान तातियो, सांसद शाही पनि दौडधुपमा ★   सदरमुकाममा नै छैन पक्की पुल ★   कबड्डी टोली बंगलादेश प्रस्थान ★   दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेसमा मतदान जारी– तस्बिरहरु



जनकपूरधाम । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा मतदान जारी रहेको छ ।

बिहान ९ बजेबाट मतदान शुरु भएको हो । महेन्द्र नारायण निधी संस्कृति केन्द्र जनकपुरधाममा हुने निर्वाचनमा प्रदेश सभा सदस्य र पालिका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका लागि छुट्टाछुट्टै दुई मतदान केन्द्र कायम छन् । मधेसमा दुई सदस्यका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् ।

गठबन्धनमा अन्य समूहतर्फ नेपाली काँग्रेसका आनन्दप्रसाद ढुङ्गाना, जनता समाजवादी पार्टी, नेपालबाट पूजा चौधरी हुनुहुन्छ । त्यस्तै नेकपा (एमाले) बाट अन्यमा कुमारी विजेता झा (धनुषा) हुनुहुन्छ । त्यस्तै जनमत पार्टीका रामशङ्कर महासेठ (धनुषा) ले पनि उम्मेदवारी दिनुभएको छ । महिलातर्फ एमालेबाट उषादेवी थरुनी (पर्सा) र गठबन्धनमा जनता समाजवादी पार्टी, नेपालबाट पूजा चौधरी (रौतहट) को उम्मेदवारी परेको छ ।

प्रदेश सभा सदस्यको मतभार ५३ का आधारमा यहाँ पाँच हजार छ सय ७१ र स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षको मतभार १९ का आधारमा पाँच हजार ७३ गरी कुल मतभार १० हजार सात सय ४४ रहेको छ ।