२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कपमा अनिल शाहको शतक



अ+ अ-

काठमाडौँ । मधेश प्रदेशका प्रमुख ब्याटर अनिल शाहले जारी प्रधानमन्त्री कपमा गण्डकी प्रदेशविरुद्ध शतक प्रहार गरेका छन् ।

टियु क्रिकेट मैदानमा आक्रामक सुरुवात गर्दै अनिलले आफ्नो करिअरको पहिलो शतक पूरा गरेका हुन् । उनले १०४ बलमा ११ चौका र ३ छक्का सहित शतक पूरा गरे ।

अनिल जारी प्रतियोगितामा मधेशका लागि शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि सुदुरविरुद्ध मयनले १ सय १५ रन बनाएका थिए । यस प्रतियोगितामा यो आठौं शतक पनि हो । सबै शतक टियु क्रिकेट मैदानमा नै बनेका छन् ।

अनिल हाल यस प्रतियोगिताका दोस्रो सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् ।