२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा सदस्यका लागि गण्डकीमा मतदान शुरु



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशमा मतदान शुरु भएको छ ।

बिहीवार बिहान ९ बजेबाट मतदान शुरु भएको हो । गण्डकी प्रदेशमा गठबन्धनबाट अन्यतर्फ काँग्रेसका किरणबाबु श्रेष्ठ र अपाङ्गतातर्फ पदम परियार प्रतिष्पर्धामा हुनुहुन्छ । महिलातर्फ नेकपा (माओवादी केन्द्र) की मनरुपा शर्मा सुवेदी हुनुहुन्छ ।

एमालेबाट महिलातर्फ सम्झना देवकोटा, अन्यतर्फ चक्रबहादुर पराजुली र अपाङ्गतर्फ हेमन्त शेरचना चुनावी मैदानमा हुनुहुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि अन्यतर्फ रोमबहादुर भण्डारी र महिलातर्फ गोममाया श्रेष्ठलाई अगाडि सारेको छ । अन्यतर्फ श्रेष्ठ, पराजुली र भण्डारीको प्रतिष्पर्धा हुनेछ भने महिलातर्फ सुवेदी, देवकोटा र श्रेष्ठबीच प्रतिष्पर्धा हुनुछे ।