• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

६ रन बनाएर आउट भए आकाश त्रिपाठी



काठमाडौँ । आइसीसी यू-१९ विश्वकपअन्तर्गतको समुहचरण खेलमा नेपालले पाकिस्तानविरुद्ध दोस्रो विकेट गुमाएको छ ।

नेपालले दोस्रो विकेटमा आकाश त्रिपाठीलाई गुमाएको हो । उनी १० बलमा एक चौका प्रहार गर्दै ६ रन बनाएर आउट भए ।

यसअघि नेपालका ओपनर अर्जुन कुमाल ६ रन बनाउदै आउट भएका थिए । अहिले क्रिजमा विपिन रावल(२५) र देव खनाल (१) रहेका छन् ।

ताजा स्थितीमा नेपालले ८ ओभरमा २ विकेट गुमाएर ४८ रन बनाएको छ ।