२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वको प्रदूषित सहरको सूचीमा काठमाडौँ १० औँ स्थानमा



अ+ अ-

काठमाडौँ । विश्वको प्रदूषित सहरको सूचीमा काठमाडौँ  ‘टप टेन’ मा परेको छ ।

हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरको अनुसार काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीको १० औँ स्थानमा परेको हो ।

काठमाडौँको हावाको प्रदूषण १ सय ६४ एक्यूआइ वल्ड ऐर क्वालिटी इन्डेक्सले देखाएको छ । हिउँदे वर्षा समयमा नहुँदा काठमाडौँको वायु गुणस्तरमा सुधार आउन सकेको छैन ।

एअर क्वालिटी इन्डेक्स (एक्यूआइ) १५० भन्दा माथि भएमा अस्वस्थकर मानिन्छ । एक्युआई ३०० भन्दा बढी हुनु निकै घातक भएको बुझिन्छ र यो अवस्थामा विपद घोषणा गरिनुपर्छ ।

भारतको दिल्ली वायु प्रदूषणको सहरमा नम्बर १ मा परेको छ । दिल्लीको हावाको गुणस्तर २ सय ८३ एक्यूआइ देखाएको छ ।
वायु गुणस्तर २ सय ५९ एक्यूआइ रहेको पकिस्तानको कराँची दोस्रो नम्बरमा छ भने क्रमश: भारतको कोलकत्ता तेस्रो र बंगलादेशको ढाका चौथोमा परेको छ ।

यस्तै हेर्जेगोभिनाको सरजेबो सहर पाँचौ, म्यानमारको योगनको छैठौँ , पकिस्तानको लाहोर सातौँ, भारतको मुम्बई आठौँर मंगोलियाको उलानबाटर नवौँ नम्बरमा रहेको छ ।