२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउडका यी हस्तीहरु जसले पछाडिको थर प्रयोग गर्दैनन्



अ+ अ-

एजेन्सी । धेरै पटक बलिउड सेलिब्रेटीहरूले सफलता हासिल गर्न आफ्नो नाम परिवर्तन गर्छन् वा नामको स्पेलिंगमा थोरै परिवर्तन गर्छन् । तर, केही स्टारहर यस्ता पनि छन् जसले आफ्नो करियरमा आफ्नो नामको साथ उपनाम (थर) प्रयोग गरेका छैनन् ।

काजोल


काजोलको पूरा नाम काजोल मुखर्जी हुन्थ्यो । अभिनेता अजय देवगनसँग विवाह गरेपछि उनी काजोल मुखर्जी देवगन भइन्, तर काजोलले कहिल्यै पनि उपनाम प्रयोग गरिनन् । काजोलले आमाबाबु छुट्टिएपछि आफ्नो उपनाम छाडेको बताइएको छ । काजोलकी आमा अभिनेत्री तनुजा र बाबुको नाम शोमु मुखर्जी हो । अभिनेत्रीका पिताको सन् २००८ मा निधन भएको थियो ।

तब्बू


तब्बुको पूरा नाम तबस्सुम हाश्मी हो । फिल्ममा आएपछि उनले आफ्नो नाम तब्बु राखिन् । अभिनेत्रीले यसमा आफ्नो थर कहिल्यै जोडिनन् । तब्बु अभिनेत्री फराहकी कान्छी बहिनी र शबाना आजमी, तन्वी आजमी र बाबा आजमीकी भतिजी हुन् ।

वैजयन्तिमाला


दिग्गज अभिनेत्री वैजयन्तिमालाले धेरै हिट फिल्ममा आफ्नो अभिनयको जादु देखाइसकेकी छिन् । यद्यपि, उनी नामसँगै थर पनि प्रयोग गर्दिनन् । अभिनेत्रीको पूरा नाम वैजयन्तीमाला रमन हो । उनको नाम आफैंमा यति ठूलो छ, सायद त्यसैले उनले आफ्नो थर कहिल्यै प्रयोग गरिनन् ।

रेखा


रेखाको पूरा नाम भानुरेखा गणेशन हो, तर उनले रेखालाई छोटो बनाइन् र कहिल्यै आफ्नो थर प्रयोग गरिनन् । रेखाको बुवासँग राम्रो सम्बन्ध नभएको कारण पनि हुनसक्छ जसकारण उनले कहिल्यै आफ्नो थर प्रयोग नगरेको हुनसक्छ ।

धर्मेन्द्र


धर्मेन्द्रलाई बलिउडको हिम्यान भनेर चिनिन्छ । यो उमेरमा पनि उनी चलचित्रमा निरन्तर सक्रिय छन् । धर्मेन्द्रको पूरा नाम धरम सिंह देओल हो, तर फिल्ममा आएपछि उनी धर्मेन्द्र बने र यो नामले उनलाई फ्यानहरुले धेरै माया दिए ।

गोविन्दा


गोविन्दालाई बलिउडका दिग्गज कलाकारमा गनिन्छ । ९० को दशकमा आफ्नो अभिनयले मानिसको मन जित्ने गोविन्दाको पूरा नाम गोविन्दा अरुण आहुजा हो, तर फिल्मी दुनियाँमा आएपछि उनले गोविन्दालाई छोटो बनाए ।