काठमाडौंः महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्द बहादुर पुनले पशुपतिनाथ मन्दिरमा गई पुजाअर्चना र दर्शन गर्नु भएको छ ।
मन्दिर परिसरमा उहाँहरुलाई कोषका पदाधिकारीहरु एवं संस्कृति मन्त्री भानुभक्त ढकालले स्वागत गर्नु भएको थियो ।
महाशिवरात्रिका अवसरमा पाशुपत क्षेत्रमा बिहीबार दिनभर भक्तजनको भीड लागेको थियो । झण्डै १० लाख व्यक्ति पाशुपत क्षेत्रमा पुगेको बताइन्छ । बिहीबार राति समेत जाग्राम बस्ने प्रचलन यहाँ छ ।












