२ पुष २०८२, बुधबार
,
Latest
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आहा ! रारा पोखरा गोल्डकपः थ्रिस्टार विजयी



अ+ अ-

कास्की । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा १ रारा पोखरा गोल्डकप’ फुटबल प्रतियोगिता मंगलबारदेखि पोखरामा सुरु भएको छ ।

पोखरास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहाराको टोली थ्रिस्टार क्लबसँग पराजित भएको छ । थ्रिस्टारले घरेलु टोलीलाई २–१ गोलले पराजित गरेको हो । पहिलो हाफमा एक÷एक गोलको बराबरी खेलेपछि दोस्रो हाफमा थ्रिस्टारले थप एक गोल ग¥यो ।

खेलको पाँचौँ मिनेटमा कप्तान योगेश गुरुङले फ्रिकिकमा आएको बल पेनाल्टी एरियामा नियन्त्रणमा लिँदै गोल गरेपछि थ्रिस्टारले अग्रता बनायो । तर २३औँ मिनेटमा सहाराका आशिष गुरुङले बराबरी गोल गरे । गुरुङले हेडमार्फत गोल गरे ।

खेलको ५९औँ मिनेटमा सहाराका अनिश तामाङले बल नियन्त्रण गर्ने क्रममा आफ्नै पोष्टमा आत्मघाती गोल गरेपछि थ्रिस्टार अघिल्लो चरण प्रवेश गर्न सफल भयो । खेलमा थ्रिस्टारका कप्तान योगेश गुरुङले ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु १० हजार पुरस्कार पाए । थ्रिस्टारले अब क्वाटरफाइनलमा भुटानको पारो एफसीसँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ ।

प्रतियोगिता उद्घाटनका अवसरमा नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आयुस घलानलाई यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान प्रदान गरिएको थियो । उनलाई पोखरा महानगरका प्रमुख धनराज आचार्यले रु ५० हजार पाँच र सम्मानपत्रबाट सम्मान गरेका थिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्दै राष्ट्रको गौरवलाई उच्च राख्ने फुटबल खेलाडीमध्ये एक जनालाई क्लबले बर्सेनि सम्मान गर्दै आएको सहाराका अध्यक्ष केशवराज बरालले बताए ।

विसं २०७४ देखि खेलाडीलाई सम्मान गर्न थालिएको हो । हालसम्म भरत खवास, किरणकुमार लिम्बू, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट र अनन्त तामाङ सम्मानित भइसकेका छन् । आगामी माघ २० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले रु १२ लाख एक हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । उपविजेतालाई रु छ लाख एक हजार नगदसहित ट्रफी प्रदान गरिने क्लबले जनाएको छ ।

प्रतियोगितामा आयोजक सहारासहित थ्रिस्टार क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, सङ्कटा क्लब, मनाङ मस्र्याङ्दी क्लब, जावलाखेल युथ क्लब, मच्छिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, राइजिङ स्टार फुटबल क्लब, पारो फुटबल क्लब, भुटान र नेपाल एपिएफ क्लब सहभागी छन् ।