४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्जिनियरिङ कलेजको नवनिर्मित भवन उद्घाटन



अ+ अ-

राजविराज । सप्तरीको राजविराजमा निर्माण गरिएको इन्जिनियरिङ कलेजको भवनको आज उद्घाटन गरिएको छ ।

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस प्राङ्गणमा निर्माण गरिएको उक्त भवनको एक कार्यक्रमका बीच जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्नुभयो ।

विसं २०७४ को निर्वाचनमा यादव सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुँदा उहाँकै संसदीय कोषबाट उक्त भवन निर्माण भएको थियो ।

भवनभित्र चार कक्षा कोठा, ल्याब तीन, पुस्तकालय, क्याबिन, एडमिन हेड, रिसेप्सन, प्रतीक्षा कक्ष र शिक्षक कोठा रहेका छन् । रासस