१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतियोगितामा एक गोल पनि गर्न नसकि एसिया कपको समूह चरणबाटै बाहिरियो भारत



अ+ अ-

काठमाडौँ । भारत एएफसी एसियन कप २०२३ बाट बाहिरिएको छ । मंगलबार कतारको अल बेट रंगशालामा भएको समूहको तेस्रो खेलमा सिरियाले भारतलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको एकमात्र गोल सिरियाका ओमार क्रिबिनले ७६ औं मिनेटमा गरेका थिए ।

भारतले प्रतियोगितामा एक गोल पनि गर्न सकेन र तीनवटै खेलमा हार बेहोरेको थियो । भारतीय टोली अस्ट्रेलियासँग २–०, उज्वेकिस्तानसँग ३–० र सिरियासँग १–० ले पराजित भएको हो ।

सिरियाको भने नकआउट पुग्ने आशा जिवितै छ । प्रतियोगिताको यस संस्करणमा सहभागी २४ टोलीमध्ये प्रत्येक समूहबाट शीर्ष दुई टोली र उत्कृष्ट तेस्रो हुने चार टोली नकआउटका लागि छनोट हुनेछन् । सिरियाले समूह ई र समूह एफको नतिजा पर्खनुपर्नेछ ।