२१ असार २०८३, आईतवार
,
Latest
निर्वाचन हारपछि एमालेमा पुनर्गठनको गृहकार्य तीव्र, थापा नेतृत्वको कार्यदल बैठक असार २५ मा सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड सरकारले संविधानको संवेदनशीलता बिर्सियो: गगनकुमार थापा मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैनः अध्यक्ष श्रेष्ठ लिग–२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली नेदरल्यान्ड्स प्रस्थान, क्यानद्वारा बिदाइ एक हजारभन्दा बढी प्रतिनिधिसहित घरेलु तथा साना उद्योग महासङ्घको महाधिवेशन सुरु ३९ लाख ठगीको अभियोगमा पक्राउ सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदीले बगाएर मृत्यु



(सांकेतिक तस्बिर)
अ+ अ-

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित सेती नदीले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका ४६ वर्षीय भीमबहादुर थापा रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

नुहाउने क्रममा नदीले बगाएर थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो ।

नदीले बगाएर बेपत्ता भएका थापालाई कपडा राखिएको ठाउँभन्दा एक किलोमिटर पर भेटिएको थियो । नदीमा बगेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।