२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हरेक वर्ष अयोध्या आउनेछु’



अ+ अ-

एजेन्सी । सोमबार अयोध्याको राम मन्दिरमा रामलल्लाको प्राण प्रतिष्ठाा गरिएको थियो । यस विशेष अवसरमा सम्पूर्ण बलिउड जम्मा भएका थिए ।

यसका अलावा साउथका धेरै ठूला स्टारहरु पनि कार्यक्रममा सहभागी भएका थिए । जसमा सुपरस्टार रजनीकान्त पनि थिए ।

राम मन्दिर प्राण प्रतिष्ठामा सहभागी हुन पाउँदा रजनीकान्त निकै खुसी थिए । कार्यक्रममा उनले आफू हरेक वर्ष भगवान रामको दर्शन गर्न अयोध्या आउने बताए ।

रजनीकान्त तमिल फिल्म उद्योगमा थलाइवीको हैसियत राख्छन् । उनले अयोध्या राम मन्दिर प्राण प्रतिष्ठा समारोहमा भाग लिने बारे समाचार एजेन्सी एएनआईसँग कुरा गरे । थलाइवाले भने, ‘यो ऐतिहासिक क्षण हो र म धेरै भाग्यमानी छु । म हरेक वर्ष अयोध्या अवश्य आउनेछु ।’

रजनीकान्तका अलावा चिरञ्जीवी, रामचरण र सुमन पनि दक्षिणबाट अयोध्या प्राण प्रतिष्ठा समारोहमा सहभागी भएका थिए । योसँगै अमिताभ बच्चन, अभिषेक बच्चन, कंगना रनावत, अनुपम खेर, रोहित शेट्टी, कट्रिना कैफ, विक्की कौशल, रणवीर कपूर, आलिया भट्ट, माधुरी दीक्षित, श्रीराम नेने, ज्याकी श्राफ, विवेक ओबेरोय र सुभाषलगायत बलिउडका धेरै स्टारहरू उपस्थित थिए ।