१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कपमा सूर्यको नयाँ कीर्तिमानी, बने सर्वाधिक विकेट लिने खेलाडी



अ+ अ-

काठमाडौं। बागमती प्रदेशका युवा बलर सूर्य तामाङले प्रधानमन्त्री कप २०२४ मा नयाँ कीर्तिमानी बनाएका छन् ।

टियुमा जारी खेलमा गण्डकी प्रदेशका ईश्वर क्षेत्रीलाई आउट गराउँदै सूर्य प्रधानमन्त्री कप २०२४को सस्करणमा मा सर्वाधिक विकेट लिने खेलाडी बनेका हुन् । जारी प्रतियोगिता उनको यो २१ औं विकेट हो ।

सूर्यले नेपाल पुलिस क्लबका ललित नारायण राजवंशीको कीर्तिमानी तोडेका हुन् । २०१९ को संस्करणमा ललितले २० विकेट लिएका थिए ।

सूर्यले जारी खेलमा मधेशविरुद्ध ह्याट्रिकसहित ६, आर्मीविरुद्ध ५ तथा पुलिस र एपीएफविरुद्ध ३–३ विकेट लिएका छन् । यस्तै, कोशीविरुद्ध २ र कर्णालीविरुद्ध १ विकेट लिएका छन् ।