२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

३३ किलो सुन प्रकरणः व्यवसायी पोद्दारसहित १७ जनाविरुद्ध मुद्दा दायर



अ+ अ-

काठमाडौं । ३३ किलो सुन प्रकरणमा व्यवसायी विमल पोद्दारसहित १७ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको छ । उनीहरुविरुद्ध राष्ट्र बैंक ऐन, २०५८ विरुद्ध र संगठित अपराध गरेको कसूरमा मुद्दा दर्ता गरिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पेश गरेको प्रतिवेदनको आधारमा उनीहरुमाथि मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता सन्देश श्रेष्ठले बताए ।

सीआईबीले  मंसिर ६ मा व्यवसायी रुपेश श्रेष्ठलाई हुण्डी र अनलाइन जुवा चलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान थालेको थियो । उनले अमेरिकामा बसेर क्रिप्टोकरेन्सी कारोबारमा सहयोग गर्ने गरेको प्रहरीको भनाइ छ । उनीसँगै मिलेर व्यवसायी पोद्दारले पनि क्रिप्टो कारोबार गरेको पाईएको छ ।

सिल्भरसिटी अपार्टमेन्ट र द एड्रेस लाउन्जको मालिकसमेत रहेका पोद्दार विमानस्थलबाट बरामद गरेको १४ किलो सुन प्रकरणमा समेत मुछिएका थिए । विमानस्थल भन्सार कार्यालयले २२ मंसिरमा यूएईबाट ल्याइएको १४ किलो सुनसहित चन्द्र घलेलाई पक्राउ गरेको थियो ।

३३ किलो सुन प्रकरणमा आशिष अग्रवाल, मीनबहादुर जिसी, कुमार परियार, झनिन्द्रप्रसाद खतिवडा,फरार रहेका रचना शर्मा, विमल पोद्दार, ओमकुमार श्रेष्ठ, बिगल सिंह शर्मा, शरद भट्टराई, वीरेन्द्र मगर, दीपक शर्मा, वाङ्देन फुन्सोक लामा, गोविन्दप्रसाद श्रेष्ठ, रुदे तामाङ र अंशुल श्रेष्ठलाई प्रतिवादी बनाइएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले यो मुद्दामा प्रतिवादीहरुबाट दुई खर्ब ८६ अर्ब ४ करोड २५ लाख ८ हजार ७५४ रुपैयाँ विगो माग गरेको छ ।

२०७४ मा विमानस्थलबाट बरामत गरिएको ३३ किलो सुन प्रकरणमा  व्यवसायी पोद्दार ६ असार २०७५ मा पक्राउ परेका थिए ।