• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

मोबिल तथा इनामेल कालोबजारी गर्ने पक्राउ



विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली  मोबिल बनाएर कालोबजारी गर्ने एक व्यापारीलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–११ जनपथ टोलमा शङ्करलाल खेम्कालाई बिहीबार पक्राउ गरिएको प्रहरी प्रवक्ता नायब प्रहरी उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।

विगत २० वर्षदेखि गोदाम भाडामा लिई नक्कली मोबिलमा सर्वोको स्टिकर टाँसी बिक्री वितरण गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा निज पक्राउ परेका हुन् ।

प्रहरीले छापा मार्दा २०० लिटरसहितको १५ वटा ड्रम, २० मोबिलसहितको तीन ड्रम, १० लिटर मोबिलसहितका दुईवटा बाल्टिन, एक लिटर मोबिलसहितको १४ वटा बट्टा, २०० लिटरको खाली ड्रम २४ वटा, सर्वोको स्टिकर १०० थान, सर्वो स्टिकर छाप्ने फर्मा २१ वटा, लिटर मापन गर्ने सामग्री पाँच लिटर नाप्ने एक थान, एक लिटर नाप्ने एक, खाली एक लिटरवाला सर्वोको स्टिकर लगाएको १००, स्टिकर लगाएको एक लिटरको खाली बोतल २०० थान, एशियन पेन्ट्स लेखिएको इनामेल ५०० लिटरको सात बट्टा, एक लिटरवाला दुई थान, सिल्भरको खाली बाल्टिन दुई थान र प्लाष्टिको बाल्टिन थान ३३ बरामद गरेको छ । रासस