२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

अत्यधिक रक्सी पिएपछि म्याक्सवेल अस्पताल भर्ना



अ+ अ-

एजेन्सी । अस्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेल शुक्रबार राति एडिलेडको अस्पतालमा भर्ना भएका छन् । रिपोर्टका अनुसार उनले त्यो दिन एडिलेडमा रातभर पार्टी गरेका थिए र धेरै मदिरा सेवन गरेका थिए ।

त्यसपछि उनको स्वास्थ्य बिग्रिएपछि एम्बुलेन्सबाट अस्पताल लगिएको थियो । क्रिकेट अष्ट्रेलियाले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

म्याक्सवेललाई सोमबार वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिजबाट विश्राम दिइएको छ । फेब्रुअरी २ देखि ३ वटा एकदिवसीय सिरिज सुरु हुनेछ । अष्ट्रेलियाको कप्तानी स्टिभ स्मिथले गर्नेछन् ।

डेली टेलिग्राफको रिपोर्ट अनुसार यो घटना त्यतिबेलाको हो । जब म्याक्सवेल ब्रेट लीको रक ब्यान्ड ‘सिक्स एन्ड आउट’ हेर्न आएका थिए । एम्बुलेन्स बोलाइयो र म्याक्सवेललाई अस्पताल लगियो, यद्यपि उनी लामो समयसम्म अस्पतालमा बसेनन् ।

सिरिजबाट विश्राम पाएका ग्लेन म्याक्सवेलको स्थानमा फ्रेजर मगार्चलाई एकदिवसीय टोलीमा मौका दिइएको छ । क्रिकेट अष्ट्रेलियाले म्याक्सवेललाई टी–२० विश्वकप र टी–२० सिरिजअघि कामको बोझ व्यवस्थापनलाई ध्यानमा राखेर विश्राम दिएको जनाएको छ । अष्ट्रेलियाले फेब्रुअरीमा वेस्ट इन्डिज र न्युजिल्याण्डसँगको टी–२० सिरिज पनि खेल्नेछ ।