• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

‘धोकेबाज हौ तिमि’की गायिकाको ब्रेकअप !



काठमाडौँ । गायिका एलिना चौहानको ब्रेकअपको खबर बाहिरिएको छ । अष्ट्रेलियामा बस्ने विष्णु सापकोटासँग प्रेममा रहेकी उनको ब्रेकअप भएको हो ।

‘धोकेबाज हौ तिमि’ गीतका गायिका एलिनाले विष्णुसँगको प्रेममा ब्रेकअप भएको पुष्टि गरेकी छन् ।

करिब एक बर्ष अगाडि तीजमा सांगीतिक प्रस्तुतिका लागि अस्ट्रेलिया जाँदा एलिना र विष्णुबीच सामिप्यता बढेको थियो । त्यसको केही समयपछि उनीहरूको अफेयर्स मिडियामा आएको थियो ।

खुलारुपमा प्रेम स्वीकार गरेका उनीहरुले साथमा रहेका थुप्रै टिकटक भिडियोहरु सार्वजनिक गरे । भिडियो सार्वजनिक भएपछि सजिलै दुईबीचको प्रेमसम्बन्ध झल्किन्थ्यो ।

तर, एलिना र विष्णुको विवाहको कुरो समेत बाहिर आइसकेको अवस्थामा एकाएक दुईबीच ब्रेकअप भएको हो ।