२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘धोकेबाज हौ तिमि’की गायिकाको ब्रेकअप !



अ+ अ-

काठमाडौँ । गायिका एलिना चौहानको ब्रेकअपको खबर बाहिरिएको छ । अष्ट्रेलियामा बस्ने विष्णु सापकोटासँग प्रेममा रहेकी उनको ब्रेकअप भएको हो ।

‘धोकेबाज हौ तिमि’ गीतका गायिका एलिनाले विष्णुसँगको प्रेममा ब्रेकअप भएको पुष्टि गरेकी छन् ।

करिब एक बर्ष अगाडि तीजमा सांगीतिक प्रस्तुतिका लागि अस्ट्रेलिया जाँदा एलिना र विष्णुबीच सामिप्यता बढेको थियो । त्यसको केही समयपछि उनीहरूको अफेयर्स मिडियामा आएको थियो ।

खुलारुपमा प्रेम स्वीकार गरेका उनीहरुले साथमा रहेका थुप्रै टिकटक भिडियोहरु सार्वजनिक गरे । भिडियो सार्वजनिक भएपछि सजिलै दुईबीचको प्रेमसम्बन्ध झल्किन्थ्यो ।

तर, एलिना र विष्णुको विवाहको कुरो समेत बाहिर आइसकेको अवस्थामा एकाएक दुईबीच ब्रेकअप भएको हो ।