२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राम मन्दिरको प्राण प्रतिष्ठामा को-को सेलिब्रेटी पुगे ?



अ+ अ-

एजेन्सी । भगवान श्रीरामको स्वागतका लागि अयोध्या शहर तयार छ । लामो प्रतिक्षापछि आज रामलल्लाको मूर्तिलाई अभिषेक गरिएको छ ।

राजनीति र व्यापार जगतका सबै ठूला व्यक्तित्वहरू श्रीरामको नगरी पुगेका छन् । उनीहरु बाहेक बलिउड र साउथ इन्डस्ट्रीका धेरै स्टारहरु पनि अयोध्या पुगेका छन् ।

तस्बिरमा हेर्नुस् स्टारहरुः


प्राण प्रतिष्ठा समारोहमा विक्की कौशल र कट्रिना कैफ सुन्दर देखिएका छन् । कट्रिना सुनौलो रंगको साडीमा देखिएकी थिइन् भने विक्की कौशलले सेतो रंगको कुर्ता पजामा लगाएका छन् ।

कार्यक्रममा साउथ सुपरस्टार रजनीकान्त पनि पुगेका छन् । अभिनेता श्री रामजन्मभूमि मन्दिर परिसरमा प्राण प्रतिष्ठामा सहभागी हुन पुगेका हुन् । उनी बाहेक साउथ सुपरस्टार रामचरण पनि देखिएका छन् ।

कार्यक्रममा सहभागी हुन ‘तारक मेहता का उल्टा चश्मा’ नायक शैलेश लोढा पनि पुगेका छन् । उनी अभिषेक समारोहमा सहभागी हुन कारमा गएका थिए । यस्तै, अभिनेत्री कंगना रनावत पनि समारोहमा पुगेका छन् । उनी सुन्दर देखिएकी छन् । चर्चित गायक हरिहरन पनि अयोध्या पुगेका छन् । बिस्तारै सबै स्टारहरु कार्यक्रम स्थलमा पुगेका छन् ।

अमिताभ बच्चन र अभिषेक बच्चन पनि अयोध्या धाम पुगिसकेका छन् र दुबै स्टार पनि कार्यक्रम स्थलमा पुगेका छन् । दुबैको तस्बिर श्री राम मन्दिर परिसरबाट बाहिर आएको छ । तस्विरमा बिग बी र जुनियर बच्चन कुर्ता–पाजामा लगाएको देख्न सकिन्छ ।

सोनु निगम अयोध्याको रामलला प्राण प्रतिष्ठा समारोहमा परम्परागत पोशाकमा पुगेका थिए । सोनु निगमले आजको शुभदिनमा चौपैँयान गाएका छन्, जसलाई सुनेर त्यहाँ उपस्थित सबै रामभक्तहरू भक्तिमा डुबेका छन् । राम मन्दिर प्राण प्रतिष्ठा कार्यक्रममा गायक सोनु निगमले ‘राम सिया राम’ भजन प्रस्तुत गरेका थिए । उनी बाहेक शंकर महादेवनले पनि प्रस्तुति दिएका थिए । कार्यक्रममा अभिनेता आयुष्मान खुराना पनि सहभागी भएका छन् ।