२१ असार २०८३, आईतवार
,
Latest
सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ निर्वाचन हारपछि एमालेमा पुनर्गठनको गृहकार्य तीव्र, थापा नेतृत्वको कार्यदल बैठक असार २५ मा सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड सरकारले संविधानको संवेदनशीलता बिर्सियो: गगनकुमार थापा मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैनः अध्यक्ष श्रेष्ठ लिग–२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली नेदरल्यान्ड्स प्रस्थान, क्यानद्वारा बिदाइ एक हजारभन्दा बढी प्रतिनिधिसहित घरेलु तथा साना उद्योग महासङ्घको महाधिवेशन सुरु ३९ लाख ठगीको अभियोगमा पक्राउ सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव पक्षको निर्णय: समानान्तर कमिटी बनाउने, चैत ४ मा राष्ट्रिय भेला



अ+ अ-

काठमाडौ । नेकपा एमाले माधव कुमार नेपाल पक्षले सबै जिल्लामा समानान्तर कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार गरेको निर्णयलाई अस्वीकार गर्दै समानान्तर कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । त्यसैगरी जिल्ला तथा कमिटीहरुमा आफ्ना मान्छे नभएको स्थानमा समानान्तर कमिटी पनि बनाउने निर्णय सो समूहले गरेको छ । 

शुक्रबार साँझ अर्याल होटल बानेश्वरमा राजधानीमा उपलब्ध स्थायी समिति र केन्द्रीय सदस्यहरुको भेलाले पहुँच पुगेको जिल्लामा पार्टी कार्यालय नछाड्ने र अन्य स्थानमा नयाँ कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।  

एक केन्द्रीय सदस्यका अनुसार पार्टी अब मुठभेडको अवस्थातर्फ अग्रसर हुन थालेको भन्दै मातहतका कमिटीलाई सोही अनुसार निर्देशन दिएको जानकारी दिनुभयो । यसै गरी अध्यक्ष ओलीले बोलाएको बैठकमा सहभागी नहुने र चैत्र ४ गते राजधानीमा बृहत कार्यकर्ता भेला गर्ने निर्णय पनि नेपाल पक्षले गरेको  छ ।

नेपाल पक्षको छलफल चलिरहेको बेला नेता वामदेव गौतमले नेता नेपाललाई फोन गर्दै तत्काल पार्टी कार्यालय सञ्चालन गर्ने र कानूनी उपचार पनि खोज्ने बाटोमा जानु पर्ने भन्दै आफू पनि सहभागी हुने जानकारी गराउनु भएको थियो ।

गौतमको प्रस्तावलाई भेलामा राखेपछि केही सदस्यहरुले संक्रमणको समयमा  नेता गौतमले पूर्ण रुपमा साथ नदिएको हुँदा उहाँको कुरालाई प्राथमिकता दिन आवश्यक नभएको टिप्पणी गरेका थिए  ।