९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुल्ला रूपमा बिक्री गरिएका कटन क्यान्डी उपभोग नगर्न खाद्य विभागको आग्रह



अ+ अ-

काठमाडौँ । सरकारले सडकपेटी, बजार, मेला लगायतका स्थानहरूमा खुला रूपमा बिक्री वितरण भइरहेको रङ्गिन कटन क्याण्डी प्रयोग नगर्न आग्रह गरेको छ ।

अखाद्य रङ्ग प्रयोग गरिएको रङ्गिन कटन क्याण्डी सम्बन्धी सूचना जारी गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रङ्ग ‘रोडामाइन बी’ को प्रयोग भएको पाइएकोले प्रयोग नगर्न आग्रह गरेको हो ।

‘रोडामाइन बी’ले क्यान्सरजन्य रोग उत्पन्न गर्न सक्ने भएकोले यो अत्यन्त हानिकारक हुने विभागले जनाएको छ । खाद्य पदार्थमा यस प्रकारका अखाद्य रङ्गहरुको प्रयोग निषेध गरिएको छ । विभागको प्रयोगशाला जाँच गर्दा कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रङ्ग ‘रोडामाइन बी’ भेटिएको विभागले जनाएको छ ।

विभागबाट अनुज्ञा पत्र प्राप्त गरी लेबल लगाएका बाहेक खुल्ला रूपमा बिक्री वितरण गरिएको कटन क्यान्डीको उपभोग नगर्न तथा आफ्ना बालबालिकाहरूलाई समेत नदिनु हुन सम्पूर्ण उपभोक्ता वर्गमा विभाग अनुरोध गर्दछ सूचनामा भनिएको छ । विभागले यस प्रकारको अखाद्य रङ्गको प्रयोग गरी कटन क्यान्डी उत्पादन तथा बिक्री वितरण नगर्न नगराउनु हुन सबैमा सूचित गरेको छ ।

सूचनाको बरखिलाफ गरी उत्पादन तथा बिक्री वितरण गरेको पाइएमा खाद्य ऐन नियम बमोजिम कारबाही हुने विभागले चेतावनी दिएको छ ।