५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुल्ला रूपमा बिक्री गरिएका कटन क्यान्डी उपभोग नगर्न खाद्य विभागको आग्रह



अ+ अ-

काठमाडौँ । सरकारले सडकपेटी, बजार, मेला लगायतका स्थानहरूमा खुला रूपमा बिक्री वितरण भइरहेको रङ्गिन कटन क्याण्डी प्रयोग नगर्न आग्रह गरेको छ ।

अखाद्य रङ्ग प्रयोग गरिएको रङ्गिन कटन क्याण्डी सम्बन्धी सूचना जारी गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रङ्ग ‘रोडामाइन बी’ को प्रयोग भएको पाइएकोले प्रयोग नगर्न आग्रह गरेको हो ।

‘रोडामाइन बी’ले क्यान्सरजन्य रोग उत्पन्न गर्न सक्ने भएकोले यो अत्यन्त हानिकारक हुने विभागले जनाएको छ । खाद्य पदार्थमा यस प्रकारका अखाद्य रङ्गहरुको प्रयोग निषेध गरिएको छ । विभागको प्रयोगशाला जाँच गर्दा कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रङ्ग ‘रोडामाइन बी’ भेटिएको विभागले जनाएको छ ।

विभागबाट अनुज्ञा पत्र प्राप्त गरी लेबल लगाएका बाहेक खुल्ला रूपमा बिक्री वितरण गरिएको कटन क्यान्डीको उपभोग नगर्न तथा आफ्ना बालबालिकाहरूलाई समेत नदिनु हुन सम्पूर्ण उपभोक्ता वर्गमा विभाग अनुरोध गर्दछ सूचनामा भनिएको छ । विभागले यस प्रकारको अखाद्य रङ्गको प्रयोग गरी कटन क्यान्डी उत्पादन तथा बिक्री वितरण नगर्न नगराउनु हुन सबैमा सूचित गरेको छ ।

सूचनाको बरखिलाफ गरी उत्पादन तथा बिक्री वितरण गरेको पाइएमा खाद्य ऐन नियम बमोजिम कारबाही हुने विभागले चेतावनी दिएको छ ।