११ श्रावण २०८३, सोमबार
,
Latest
सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन ‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’ सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय नारायणी घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी हरेक फौजदारी मुद्दामा पीडितका लागि क्षतिपूर्ति दाबी गरिने : महान्यायाधिवक्ता कँडेल बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै नेपालका पाँच खेलाडी ३२ औं विश्व चिल्ड्रेन्स बेसबलमा सहभागी हुने ‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’ बजारमा खाना पकाउने ग्याँसको अभाव छैन: मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आहा ! रारा पोखरा गोल्डकप’ विजेतालाई रु १२ लाख पुरस्कार



अ+ अ-

‘आहा ! रारा पोखरा गोल्डकप’ विजेतालाई रु १२ लाख पुरस्कार
कास्की । पोखरामा यही माघ ९ गतेदेखि नेपाली फुटबल इतिहासमा निरन्तर सञ्चालन हुँदै आएको र मोफसलको प्रतिष्ठित ‘आहा१ रारा पोखरा गोल्डकप’को २३औँ संस्करण सुरु हुँदैछ ।

पोखरा अन्तर्राष्ट्रिय फुटबल स्टेडियमममा सञ्चालन हुने प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोजक सहारा क्लबले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । उद्घाटन खेल आयोजक सहारा र थ्रिस्टार क्लबबीच हुनेछ ।

प्रतियोगितामा एक विदेशीसहित १२ टोली प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष केशवराज बरालले बताउनुभयो । प्रतियोगिता माघ २० गतेसम्म चल्नेछ । उहाँका अनुसार विजेताले रु १२ लाख एक हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । उपविजेता टोलीले रु छ लाख एक हजार नगदसहित ट्रफी प्रदान गरिने क्लबले जनाएको छ ।

अध्यक्ष बरालले प्रतियोगितामा प्रथम र द्वितीय पुरस्कारसहित कूल रु २८ लाख ३२ हजार पाँच सय ५५ नगद पुरस्कार राशि रहेको जानकारी दिनुभयो ।

सहभागी प्रत्येक टोलीलाई एक खेल खेलेबापत अतिरिक्त प्रोत्साहन रकम प्रदान गरिने छ । प्रिक्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई रु २० हजारका दरले र क्वाटरफाइनलमा विजेता र पराजित दुवै टोलीलाई रु ३० हजार तथा सेमिफाइनलमा पुग्ने टोलीलाई रु ५० हजारका दरले प्रोत्साहन रकम प्रदान गरिने सहाराका महासचिव रामजीप्रसाद अधिकारीले बताउनुभयो ।

यसैगरी, ‘म्यान अफ दी म्याच’लाई नगद रु १० हजारसहित मेडल पुरस्कार पाउँछन् । यस वर्षदेखि क्लबले प्रत्येक खेलमा दुईजनालाई भाग्यशाली दर्शक पुरस्कार रु पाँच हजारका दरले प्रदान गर्ने भएको छ । दर्शकको उपस्थिति वृद्धि गर्न र प्रोत्साहनका लागि सो पुरस्कार राखिएको हो ।

प्रतियोगितामा नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, सङ्कटा क्लब, मनाङ मस्र्याङ्दी, जावलाखेल युथ क्लब, मच्छिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, राइजिङ स्टार फुटबल क्लब, थ्रिस्टार क्लब, पारो फुटबल क्लब भूटान, नेपाल एपीएफ क्लब र आयोजक सहारा क्लबको टोली सहभागिता जनाउनेछन् ।

अघिल्लो संस्करणको उपाधि सङ्कटा क्लबले जितेको थियो भने भुटनिज युथ स्पोर्टस क्लब मिनोसोटा अमेरिका उपविजेता बनेको थियो ।

‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटनको सहरका रुपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ हरेक वर्ष प्रतियोगिता सञ्चालन हुने गर्दछ । पर्यटकीय सहर पोखरालाई ‘स्पोर्टस् हव सिटी’का रुपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा प्रतियोगिताले सहयोग पुग्ने आयोजकको भनाइ छ ।

प्रतियोगिताबाट बचत हुने रकम क्लबबाट सञ्चालित सहारा फुटबल एकेडेमीमा खर्च गर्ने गरिएको छ । विसं २०६१ देखि पोखरामा एकेडेमी सञ्चालनमा छ । हाल चौथो ब्याचको एकेडेमीमा आठ जिल्लाका १४ जना बालक आश्रित छन् ।