२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला आयोगले सरकारलाई भन्यो: विद्यालय तहको पाठ्यक्रमलाई लैङ्गिकमैत्री बनाउनू



अ+ अ-

काठमाडौँ । राष्ट्रिय महिला आयोगले विद्यालय तहको शैक्षिक पाठ्यक्रमलाई लैङ्गिकमैत्री बनाउन सरकारलाई सुझाव दिएको छ ।

आयोगकी अध्यक्ष कमला पराजुलीले मुलुकमा विद्यमान हिंसा, विभेद र असमानतालगायतका विकृतिहरुको अन्त्यका लागि पनि विद्यालय तहको पाठ्यक्रम लैङ्गिकमैत्री हुनुपर्ने आवश्यकता औंंल्याउनुभएको हो ।

आईतवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले विद्यालय तहको पाठ्यक्रममा यौन, प्रजनन स्वास्थ्य र लैङ्गिकताका विषयहरुलाई अनिवार्य विषयको रुपमा राख्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । अध्यक्ष पराजुलीले विद्यालय तहमा कार्यरत शिक्षिका र महिला कर्मचारीको क्षमता अभिवृद्धिका लागि पनि सरकारले विशेष खालको प्याकेज कार्यक्रमको व्यवस्था गर्न ढिलाई गर्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विद्यालय तहको शैक्षिक पाठ्यक्रमलाई लैङ्गिकमैत्री बनाउनु पर्छ । पाठ्यक्रमकै विषयमा जाँदाखेरी विद्यालय तहको पाठ्यक्रममा यौन, प्रजनन स्वास्थ्य र लैङ्गिकताका विषयहरु चाहीँ अनिवार्य रुपमा नै समावेश हुनुपर्ने हुन्छ । अहिले जे जति समस्याहरु भइरहेका छन् । यो चाहीँ एकदम तलैबाट हामीले कमसेकम २/३ कक्षाबाट नै क्रमश: यी कुराहरु बुझाउँदै जाने हो भने अहिले विद्यार्थीहरुमा हुने भावनात्मक परिवर्तन, प्रविधिमा पहुँच यी सबै कुराहरुमा उनीहरुमा नलेज पनि हुँदै जान्छ । उनीहरुले यी कुरा बुझ्दै जान्छन् । हामीले समावेशीतालाई स्वीकार्ने कुराहरु पनि त्यहाँ हुन्छन् ।’

‘विद्यालय शिक्षा अघि नै यहाँ माननीय ज्यूहरुले पनि भन्नुभयो–व्यवहारिक, सीपमुलक र जीवन उपयोगी हुनुपर्छ । र समाजमा हिंसा, विभेद, असमानता लगायतका विकृतिहरु बढदै गईरहेको सन्दर्भमा चाँही पहिलेपहिले चाँही नैतिक शिक्षा भन्दा अर्कै अर्थ लाग्थ्यो । तर अहिले हामी भन्न बाध्य छौं कि सदाचार सिकाउने खालको शिक्षा पनि हुनुपर्‍यो । र, लैंगिक सामाजिक समावेशीतालाई आत्मासात गर्ने त्यो किशोर अवस्थाबाट नै त्यसलाई आत्मासात गरेर आउनुपर्‍यो । संविधानमा जसरी बहुजाती, बहुभाषा, समुदाय आदिको व्यवस्था गरिएको छ । यी कुराहरुलाई आत्मासात गर्नका लागि त्यो हाम्रो पाठ्यक्रममा समावेश गर्ने कुरा हो । र शिक्षिका तथा महिला कर्मचारीहरुको क्षमता विकासका लागि विशेष खालको प्याकेज कार्यक्रमहरु हुनुपर्छ ।’

अध्यक्ष पराजुलीले विद्यालय तहका छात्राहरुलाई नि:शुल्क सेनेटरी प्याड वितरण गर्ने कामलाई प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराउनु भयो ।