![](https://newspolar.com/wp-content/uploads/2024/01/under-19.jpg)
काठमाडौं । आइसीसी यू-१९ विश्वकपको समुहचरणअन्तर्गतको खेलमा नेपालले न्युजिल्यान्डविरुद्ध पहिलो सफलता हात पारेको छ ।
न्युजिल्यान्डका ओपनर ल्यूक वाटसनलाई आउट गराउदै सुवास भण्डारीले नेपाललाई पहिलो सफलता दिलाएका हुन् । उनी १० औ ओभरको पहिलो बलमा १४ रन बनाउदै आउट भए ।
दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरिरहेको न्युजिल्याण्डले ताजा स्थितीमा ११ ओभरमा एक विकेट गुमाएर ६० रन बनाएको छ ।