२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: गण्डकी प्रदेश १ सय ६७ रनमा अलआउट, अभ्यासले लिए ६ विकेट



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा अभ्यास तिम्सिनाको आक्रमक बलिङमा गण्डकी प्रदेशले कोशीलाई १ सय ६८ रनको लक्ष्य दिएको दिएको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकी ४८.२ ओभरमा मात्र १ सय ६७ रनमा अलआउट हुन पुग्यो । एक समय ६ रनमा ३ विकेट गुमाएको दयनीय स्थितिमा पुगेका ेगण्डकीलाई मुस्कान थापा र कप्तान विपिन खत्रीले सातौं विकेटका लागि ७६ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याए ।

मुस्कानले ६७ रन बनाउँदा कप्तान बिपिन खत्रीले ४२ र कमल परियारले १३ रनको योगदान दिए ।

कोशीको लागि अभ्यास तिमिल्सिना एक्लैले ६ विकेट लिए । उनले ९.२ ओभरमा २ मेडनसहित २३ रन खर्चेर ६ विकेट लिए । फिर्दोष अन्सरी, कमल खत्री र सोनु मण्डलले १र१ विकेट लिए ।